• चैत २०, २०७९
  • जुनकिरी खबर

सुनसरीमा पूर्वराजालाई अभिनन्दन

alt

पूर्वराजा ज्ञानेन्द्र शाहलाई सुनसरीको इनरुवामा अभिनन्दन गरिएको छ । राजावादी समूहले उनलाई सोमबार इनरुवामा अभिनन्दन गरेको हो । अभिनन्दन कार्यक्रमपछि सम्बोधन गर्दै उनले तन, मन, धन र पदमा लोभ्याएर सामाजिक संरचना कमजोर भएको बताए ।

देशमा देखिएको समस्यालाई आँफूले नजिकबाट नियालिरहेको बताउँदै उनले परिर्वतन देखाउन अहिलेको कोरा र सतही फेरबदल आलटाल र टालटुलको प्रणालीले कुनै परिणाम नदिने टिप्पणी गरे ।

उहाँले भन्नुभयो, कसैलाई धन, कसैलाई मन, कसैलाई पद र कसैलाई कद दिएर हाम्रो सामाजिक संरचना च्यात्ने प्रयास भइरहेको छ । परिवर्तन देखाउन अहिलेको कोरा र सतही फेरबदल आलटाल र टालटुलको प्रणालीले कुनै खदीलो परिणाम नदिने उनको तर्क थियो ।

जनता र आफ्नो भूमिको रक्षा गर्नु नै नेपालीको अहम धर्म भएको बताउँदै राजा शाहले दलहरु व्यक्ति परिवार समूह र गुट उपगुट बाट मुक्त हुनुपर्ने तर्क गरे ।

सम्बन्धित समाचारहरु
इटहरीका दुई विवादमा ...

प्रतिनिधिसभाको सोमबारको बैठकमा शून्य समयमा बोल्दै सुनसरी क्षेत्र नम्बर–३ का सांसद अशोक चौधरीले ...

इटहरीका निजी विद्याल ...

इटहरी । इटहरी उपमहानगरपालिका क्षेत्रका निजी विद्यालयहरूले नयाँ शैक्षिक सत्र सुरु भएसँगै मनोमानी रूपम ...

सुनसरीका यी पोल्ट्री ...

जिल्लाका विभिन्न स्थानमा बर्ड फ्लु देखिएपछि नियन्त्रणका लागि पहल गरिएको छ । जिल्ला प्रशासन कार्यालयल ...

इटहरीमा स्कुल बसको ठ ...

इटहरीमा बोर्डिङ स्कुलको बसले ठक्कर दिँदा एक पैदलयात्रीको मृत्यु भएको छ । इटहरी उपमहानगरपालिका– ...

हाम्रो बारेमा

शब्दचित्र मिडिया प्रा.लि.द्धारा प्रकाशित डिजिटल पत्रिका जुनकिरीखबर डटकम

सम्पर्क

  • ईटहरी-२ सुन्सरी/प्रदेश नं.१, कोशी, नेपाल
  • कम्पनी दर्ता नं.: २१२३८१/०७५/०७६
  • स्थायी लेखा नं.: ६०६८५२२४९
  • मोबाइल नं.: ९८४२०३४५४६
  • इमेल: [email protected]