• चैत २३, २०७९
  • जुनकिरी खबर

गुरुङ साहित्यिक मञ्चको छैटौं स्थापना दिवस सम्पन्न

alt

गुरुङ साहित्यिक मञ्च नेपालले आफनो छैटौं स्थापना दिवसको अवसरमा विविध कार्यक्रमको आयोजना गरी सुनसरीको इटहरीमा मनाएको छ । विगतका वर्षहरुमा पोखरामा गुरुङ साहित्यिक मञ्च नेपालले स्थापना दिवस मनाउदै आएकोमा यस वर्ष भने पुर्वका गुरुङ समुदायका मानिसहरुलाई समेत जोड्ने उद्धेश्यले यही चैत्र २१ गते इटहरीको दुर्गा पाटी प्यालेस औपचारिक कार्यक्रमको आयोजना गरि मनाएको हो ।

गुरुङ साहित्यिक मञ्चका अध्यक्ष गौरी तमुको अध्यक्षता तथा नेपाल प्रज्ञाप्रतिस्ठानका कुलपति भुपाल राईको प्रमुख आतिथ्यमा एक कार्यक्रमको आयोजना गरी आफनो छैटौं स्थापना दिवस मनाएको हो । सो अवसरमा लामो समयदेखी पुस्तकालय सञ्चालन गरेर सामाजमा योगदान पुर्याएको भन्दै विमल स्मृती पुस्तकालय धरानका संरक्षक अध्यक्ष पुर्ण बहादुर गुरुङलाई सम्मान गरिएको हो ।

समावेसी रचना वाचन कार्यक्रममा भरत गुरागाँइ,सुरज गुरुङ,टिका आत्रेय,मिश्रा माया गुरुङ, लगायतका २९ जनाले रचनाहरु प्रस्तुत गरेका थिए भने यस्तै समावेसी रचनाका वाचनका टिप्पणीकार मनु मञ्जीलले टिप्पणी गरेका थिए ।

सम्बन्धित समाचारहरु
इटहरीका दुई विवादमा ...

प्रतिनिधिसभाको सोमबारको बैठकमा शून्य समयमा बोल्दै सुनसरी क्षेत्र नम्बर–३ का सांसद अशोक चौधरीले ...

इटहरीका निजी विद्याल ...

इटहरी । इटहरी उपमहानगरपालिका क्षेत्रका निजी विद्यालयहरूले नयाँ शैक्षिक सत्र सुरु भएसँगै मनोमानी रूपम ...

सुनसरीका यी पोल्ट्री ...

जिल्लाका विभिन्न स्थानमा बर्ड फ्लु देखिएपछि नियन्त्रणका लागि पहल गरिएको छ । जिल्ला प्रशासन कार्यालयल ...

इटहरीमा स्कुल बसको ठ ...

इटहरीमा बोर्डिङ स्कुलको बसले ठक्कर दिँदा एक पैदलयात्रीको मृत्यु भएको छ । इटहरी उपमहानगरपालिका– ...

हाम्रो बारेमा

शब्दचित्र मिडिया प्रा.लि.द्धारा प्रकाशित डिजिटल पत्रिका जुनकिरीखबर डटकम

सम्पर्क

  • ईटहरी-२ सुन्सरी/प्रदेश नं.१, कोशी, नेपाल
  • कम्पनी दर्ता नं.: २१२३८१/०७५/०७६
  • स्थायी लेखा नं.: ६०६८५२२४९
  • मोबाइल नं.: ९८४२०३४५४६
  • इमेल: [email protected]