• चैत २६, २०७९
  • जुनकिरी खबर

नेपाल शिक्षक संघ इटहरी नगर अध्यक्षमा वासुदेव

alt

नेपाल शिक्षक संघ इटहरी उपमहानगर समितिको अध्यक्षमा वासुदेव कर्ण विजयी भएका छन् । दोस्रो इटहरी नगर अधिवेसनको आज(सोमबार) भएको निर्वाचनमा लोकराज बस्नेतलाई पराजित गर्दै कर्ण अध्यक्षमा विजयी भएका हुन ।

विजयी भएका कर्णले १ सय ७२ मत प्राप्त गरेका छन् भने लोकराज बस्नेतले ९२ मत पाएका छन् । २ मत बदर भएको छ । निर्वाचनमा जम्मा २६६ मत खसेको थियो । इटहरी उपमहानगरपालिकामा कुल २ सय ८४ जना सदस्य रहेका छन् ।

यस अघि नै सम्पन्न भएको अधिवेसनले अन्य पदाधिकारीहरुको सर्वसम्मत चयन गरे पनि अध्यक्षमा भने विवाद रहेको थियो । अध्यक्ष पछि चयन गर्ने गरी अन्य पदाधिकरी चयन गरिएको थियो । शिक्षक संघ भित्र अध्यक्षका उम्मेद्वार दुई गुटमा विभाजित भएपछि निर्वाचन नै गर्नुपरेको हो ।

यस अघि अधिवेसनले सर्वसम्मत चयन अन्य पदाधिकारीहरुमा उपाध्यक्ष विष्णु दाहाल, महिला उपाध्यक्ष लक्ष्मी चौधरी,सचिव भिम भट्टराई, सचिव अर्थ दिपेन्द्र राय रहेका छन् । यस्तै सह सचिव अर्थ गुरु प्रसाद काफ्ले, सह सचिव समावेशी दिलिप कुमार मुखिया, मिलन चौधरी रहेका छन् । अन्य सदस्यहरुमा प्रत्येक वडाबाट १ जना सदस्यहरु रहने व्यवस्था रहेको छ ।

सम्बन्धित समाचारहरु
इटहरीका दुई विवादमा ...

प्रतिनिधिसभाको सोमबारको बैठकमा शून्य समयमा बोल्दै सुनसरी क्षेत्र नम्बर–३ का सांसद अशोक चौधरीले ...

इटहरीका निजी विद्याल ...

इटहरी । इटहरी उपमहानगरपालिका क्षेत्रका निजी विद्यालयहरूले नयाँ शैक्षिक सत्र सुरु भएसँगै मनोमानी रूपम ...

सुनसरीका यी पोल्ट्री ...

जिल्लाका विभिन्न स्थानमा बर्ड फ्लु देखिएपछि नियन्त्रणका लागि पहल गरिएको छ । जिल्ला प्रशासन कार्यालयल ...

इटहरीमा स्कुल बसको ठ ...

इटहरीमा बोर्डिङ स्कुलको बसले ठक्कर दिँदा एक पैदलयात्रीको मृत्यु भएको छ । इटहरी उपमहानगरपालिका– ...

हाम्रो बारेमा

शब्दचित्र मिडिया प्रा.लि.द्धारा प्रकाशित डिजिटल पत्रिका जुनकिरीखबर डटकम

सम्पर्क

  • ईटहरी-२ सुन्सरी/प्रदेश नं.१, कोशी, नेपाल
  • कम्पनी दर्ता नं.: २१२३८१/०७५/०७६
  • स्थायी लेखा नं.: ६०६८५२२४९
  • मोबाइल नं.: ९८४२०३४५४६
  • इमेल: [email protected]