• चैत २७, २०७९
  • जुनकिरी खबर

एसियन हाइवेको डिजाइन परिवर्तन गर्न इटहरीका स्थानिको माग

alt

एसियन हाइवेअन्तर्गत इटहरी चोकमा बन्न लागेको संरचनाको डिजाइन परिवर्तन गर्न स्थानीयहरुले माग गरेका छन् । सोमबार इटहरीका मेयर हेमकर्ण पौडेलमार्फत् सरकारको ध्यानाकर्षण गराएका हुन् । काँकडभिट्टादेखि लौकहीसम्मको सडक खण्ड विस्तारका क्रममा इटहरीमा बाँध बनाएर सडक लानेगरी बनाइएको डिजाइन परिवर्तन गरी पिल्लर सहितको फ्लाइओभर हुनुपर्ने स्थानीयहरुको माग छ । सडक विस्तार हुनु सकारात्मक कुरा भएपनि नगरको सुन्दरता, सुगमता, व्यशायीक क्रियाशीलता, पर्यटकीय महत्वमा प्रतिकुल परिस्थिती सृजना गर्ने खालको संरचना स्वीकार्य नभएको जिकिर गरिएको छ । 

इटहरीका व्यवशायी, सामाजिक संघसंस्थाका प्रतिनिधि, जनप्रतिनिधि र नागरिक समाजका अगुवाहरुले इटहरी सरकारलाई आवश्यक पहलको नेतृत्व लिन माग गरेका छन् । स्थानीयहरुको तर्फबाट अग्रज मेदिनीप्रसाद सिटौलाले मागपत्र हस्तान्तरण गरेका थिए । जवाफमा मेयर पौडेलले एसियन हाइवेअन्तर्गत इटहरी हुँदै जाने सडक इटहरीको भविष्यसँग जोडिएकोले आफूहरु गम्भीर रहेको बताएका छन् । उनले डिजाइन फेर्नको लागि इटहरी उपमहानगरपालिकाले नेतृत्व गर्ने बताएका छन् । 

गत मंसिरमै डीपीआर हात परेलगत्तै डिजाइन परिवर्तन गर्न एडीबीलाई आफूहरुले पत्र लेखेको बताउँदै उनले एडीबीले डिजाइन र डिपिआर दुवै परिवर्तन गर्न सम्भव नभएको उत्तर दिएको जानकारी दिए ।

सम्बन्धित समाचारहरु
इटहरीका दुई विवादमा ...

प्रतिनिधिसभाको सोमबारको बैठकमा शून्य समयमा बोल्दै सुनसरी क्षेत्र नम्बर–३ का सांसद अशोक चौधरीले ...

इटहरीका निजी विद्याल ...

इटहरी । इटहरी उपमहानगरपालिका क्षेत्रका निजी विद्यालयहरूले नयाँ शैक्षिक सत्र सुरु भएसँगै मनोमानी रूपम ...

सुनसरीका यी पोल्ट्री ...

जिल्लाका विभिन्न स्थानमा बर्ड फ्लु देखिएपछि नियन्त्रणका लागि पहल गरिएको छ । जिल्ला प्रशासन कार्यालयल ...

इटहरीमा स्कुल बसको ठ ...

इटहरीमा बोर्डिङ स्कुलको बसले ठक्कर दिँदा एक पैदलयात्रीको मृत्यु भएको छ । इटहरी उपमहानगरपालिका– ...

हाम्रो बारेमा

शब्दचित्र मिडिया प्रा.लि.द्धारा प्रकाशित डिजिटल पत्रिका जुनकिरीखबर डटकम

सम्पर्क

  • ईटहरी-२ सुन्सरी/प्रदेश नं.१, कोशी, नेपाल
  • कम्पनी दर्ता नं.: २१२३८१/०७५/०७६
  • स्थायी लेखा नं.: ६०६८५२२४९
  • मोबाइल नं.: ९८४२०३४५४६
  • इमेल: [email protected]