• चैत २९, २०७९
  • जुनकिरी खबर

कोशीमा प्रदेशसभाको अधिवेशन अन्त्य

alt

कोशी प्रदेशको नामाङ्कनपछि अनिश्चितकालका लागि स्थगित भएको दोस्रो प्रदेशसभाको पहिलो अधिवेशन अन्त्य भएको छ । गत फागुन १७ गते प्रदेशको नामकरणपछि सभामुख बाबुराम गौतमले अर्को सूचना जारी नभएसम्मका लागि प्रदेशसभा बैठक स्थगित गरेका थिए  । ४२ दिनदेखि स्थगित भएको अधिवेशन अन्त्य भएको हो ।

प्रदेशको नाम कोशी राखेपछि पहिचान पक्षधर आन्दोलनमा छन् । आन्दोलनरत पक्षधरले प्रदेश राजधानी विराटनगर केन्द्रित आन्दोलन सुरु गरेपछि प्रदेशसभा बैठक बस्न सकेको थिएन । बुधबारको मन्त्रिपरिषदको सिफारिस पछि प्रदेश प्रमुखले अधिवेशन अन्त्य गरेका हुन् ।

सांसद बहिस्कारको अभियान सञ्चालन गरिररहेको  प्रदेश १ पुन: नामाङ्कन संघर्ष समितिले प्रदेशसभा घेर्ने डरले अधिवेशन अन्त्य गरेको  प्रदेश  सरकार स्रोत बताउँछ ।

कोशी प्रदेशका सामाजिक विकासमन्त्री वुद्धिकुमार राजभण्डारी विजनेश नभएका कारण अधिवेशन अन्त्य भएको बताउँछन् ।

बुधबार बसेको मन्त्रिपरिषद् बैठकले स्थगित अवस्थामा रहेको प्रदेशसभा बैठक अन्त्यका लागि प्रदेश प्रमुख समक्ष सिफारिस गर्ने  निर्णय गरेको थियो । प्रदेश सरकारको सिफारिस अनुसार कोशी प्रदेशका प्रदेश प्रमुख परशुराम खापुङले बुधबार राति १२ बजेदेखि लागु हुने गरी चालु अधिवेशन अन्त्य भएको निर्णय गरेका छन् ।

कोशी प्रदेशको दोस्रो प्रदेश सभाको पहिलो अधिवेशन गत २०७९ पुस १७ गते आह्वान भएको थियो । २०७९ फागुन १७ गते बसेको पहिलो अधिवेशनको १३ औं बैठकले प्रदेशको नाम कोशी राखेको थियो ।

 

सम्बन्धित समाचारहरु
इटहरीका दुई विवादमा ...

प्रतिनिधिसभाको सोमबारको बैठकमा शून्य समयमा बोल्दै सुनसरी क्षेत्र नम्बर–३ का सांसद अशोक चौधरीले ...

इटहरीका निजी विद्याल ...

इटहरी । इटहरी उपमहानगरपालिका क्षेत्रका निजी विद्यालयहरूले नयाँ शैक्षिक सत्र सुरु भएसँगै मनोमानी रूपम ...

सुनसरीका यी पोल्ट्री ...

जिल्लाका विभिन्न स्थानमा बर्ड फ्लु देखिएपछि नियन्त्रणका लागि पहल गरिएको छ । जिल्ला प्रशासन कार्यालयल ...

इटहरीमा स्कुल बसको ठ ...

इटहरीमा बोर्डिङ स्कुलको बसले ठक्कर दिँदा एक पैदलयात्रीको मृत्यु भएको छ । इटहरी उपमहानगरपालिका– ...

हाम्रो बारेमा

शब्दचित्र मिडिया प्रा.लि.द्धारा प्रकाशित डिजिटल पत्रिका जुनकिरीखबर डटकम

सम्पर्क

  • ईटहरी-२ सुन्सरी/प्रदेश नं.१, कोशी, नेपाल
  • कम्पनी दर्ता नं.: २१२३८१/०७५/०७६
  • स्थायी लेखा नं.: ६०६८५२२४९
  • मोबाइल नं.: ९८४२०३४५४६
  • इमेल: [email protected]