• चैत २९, २०७९
  • जुनकिरी खबर

इटहरी खानेपानी उपभोक्ता संस्थाको १८ औं साधारण सभा सम्पन्न

alt

इटहरी खानेपानी उपभोक्ता संस्थाको १८ औं साधारण सभा सम्पन्न भएको छ । एसियाली विकास बैंकको अनुदानमा योजना निर्माण भई अढाई दशकअघिदेखि उपभोक्ता समितिको व्यवस्थापनमा संचालन भएको इटहरी खानेपानी उपभोक्ताकै कारण अब्बल मानिन्छ । इटहरी उप-महानगरपालिकामा २० वटा वडाहरुमध्ये संस्थाले पूणर् र आंशिक गरी १४ वटा वडामा सेवा विस्तार र प्रवाह गरिरहेको बुधबार सम्पन्न साधारणसभामा अध्यक्ष रामप्रसाद चौलागाईले जानकारी दिए । इटहरीका ४२ हजार घर धुरीमध्ये २२ हजारभन्दा बढी घरधुरीलाई खानेपानी वितरण गरिएको चौलागाइले बताए ।

बिभिन्न वडामा संस्थाको स्वामीत्वमा रहेको ५ विगाहा जग्गामा शहरी खानेपानी आयोजना अन्तरगत माग गरेको ४ वटा ओभरहेड ट्याङ्की सहित “इटहरी खानेपानी तथा सरसफाई आयोजना”को सम्भाव्यता अध्ययन अन्तिम चरणमा रहेको जनाइएको छ । आगामी आर्थिक वर्षमा निर्माण प्रक्रियामा जाने निश्चित रहेको आयोजना नेपाल सरकारको दोस्रो चरणको सर्वाधिक सम्भाव्य र प्राथमिकताको पहिलो नम्बरमा रहेको चौलागाइको भनाई छ ।

यो आयोजना निर्माण सम्पन्न पश्चात् आगामी ३५ वर्षसम्म इटहरीका २० ओटै वडामा पर्याप्त मात्रामा पानी आपूर्तिको सुनिश्चितता हुने बताइएको छ । यस्तै संघिय सरकार, प्रदेश सरकार र स्थानीय तहको लगानीमा विकास भैइरहेको तरहरा, पकली, खनार र एकम्बा खानेपानी आयोजनाहरु नेपाल गुणस्तरको खानेपानी आपूर्ति गर्ने गरी विकास गर्नु जरुरी देखिएको चौलागाईले उल्लेख गरे ।

सम्बन्धित समाचारहरु
इटहरीका दुई विवादमा ...

प्रतिनिधिसभाको सोमबारको बैठकमा शून्य समयमा बोल्दै सुनसरी क्षेत्र नम्बर–३ का सांसद अशोक चौधरीले ...

इटहरीका निजी विद्याल ...

इटहरी । इटहरी उपमहानगरपालिका क्षेत्रका निजी विद्यालयहरूले नयाँ शैक्षिक सत्र सुरु भएसँगै मनोमानी रूपम ...

सुनसरीका यी पोल्ट्री ...

जिल्लाका विभिन्न स्थानमा बर्ड फ्लु देखिएपछि नियन्त्रणका लागि पहल गरिएको छ । जिल्ला प्रशासन कार्यालयल ...

इटहरीमा स्कुल बसको ठ ...

इटहरीमा बोर्डिङ स्कुलको बसले ठक्कर दिँदा एक पैदलयात्रीको मृत्यु भएको छ । इटहरी उपमहानगरपालिका– ...

हाम्रो बारेमा

शब्दचित्र मिडिया प्रा.लि.द्धारा प्रकाशित डिजिटल पत्रिका जुनकिरीखबर डटकम

सम्पर्क

  • ईटहरी-२ सुन्सरी/प्रदेश नं.१, कोशी, नेपाल
  • कम्पनी दर्ता नं.: २१२३८१/०७५/०७६
  • स्थायी लेखा नं.: ६०६८५२२४९
  • मोबाइल नं.: ९८४२०३४५४६
  • इमेल: [email protected]