इटहरी उपमहानगरपालिका वडा नम्बर ८मा भेटरिनरी अस्पताल निर्माणका लागि उपमहानगरपालिका प्रमुख हेमकर्ण पौडेलले एक कार्यक्रमका विच शिलान्यास गरेका हुन ।
शिलान्यास कार्यक्रमका प्रमुख अतिथी नगरप्रमुख पौडेलले इटहरीको माथिल्लो भाग सुनसरी क्षेत्र नम्बर २ तर्फ पनि अर्काे यस्तै भेटरिनरी अस्पतालको आवश्यकता रहेको वताए । नगरप्रमुख पौडेलले कृषि र पशु पालन हाम्रो प्रमुख व्यवसाय हो यसले हामीलाई बचाएको छ भन्दै कृषि र पशु पालनमा जोड समेत दिए ।
तीन तलाको भवन निर्माणका लागि शिलान्यास गरिएको हो । सो भेटरिनरी अस्पतालमा पशु सम्वन्धी विभिन्न उपचारहरु कृतिम गर्भधारण ,बन्धाकरण ,सजिकल , ल्याव सेवा समेत सञ्चालन गरिने अस्पतालका प्रमुख पशु चिकित्सक दुर्गावहादुर श्रेष्ठले सप्तकोशी अनलाइनलाई जानकारी दिए ।
तीन तला निर्माण गरिने सो अस्पतालको पहिलो तलामा विभिन्न प्रयोजनका लागि ७ कोठा , दोस्रो तलामा पनि ७ कोठा र तेस्रो तलामा ३ कोठा रहने जानकारी गराइयो । त्यसैगरी निर्माण कार्य प्रयास सोलुसन एण्ड विल्डर्सले मुल्य अभिवृद्धि कर सहित १ करोड ७२लाख १३हजार ३सय ९५ रुपैया लागतमा निर्माण गर्ने छ । कार्यक्रममा निर्माणको जिम्मा पाएको निर्माण कम्पनीका प्रतिनिधि नविन सिहं ठकुरीले आफुहरुले गुणस्तरिय काम गर्ने र त्यसको अनुगमन र निरीक्षण समयसमयमा गर्न नगरवासीलाई आग्रह समेत गरे । कार्यपालिका सदस्य दिपा राईको अध्यक्षतामा भएको थियो ।
Copyright © 2019 / 2026 - Junkirikhabar.com All rights reserved