• वैशाख ३, २०८०
  • जुनकिरी खबर

विराटनगर पूर्ण खोप सुनिश्चितता पालिका घोषित

alt

विराटनगर महानगरपालिकालाई पूर्ण खोप सुनिश्चितता पालिका घोषणा गरिएको छ । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले आइतबार विराटनगरलाई पूर्ण खोप सुनिश्चितता भएको पालिका घोषणा गरेका हुन् ।

प्रदेशको एक मात्र महानगरपालिका विराटनगर कोशी प्रदेशभरका स्थानीय तहमध्ये पूर्ण खोप सुनिश्चितता गर्ने पहिलो पालिका पनि बनेको दाबी गरिएको छ । महानगरपालिकामा १७ हजार ५ सय २ बालबालिकालाई खोप लगाइएको छ । तीमध्ये १ हजार ५ सय ९२ बालबालिका खोप लगाउनबाट छुटेका थिए । उनीहरुलाई घरमै पुगेर खोप लगाएपछि महानगरलाई पूर्ण खोप सुनिश्चितता पालिका घोषणा गरिएको हो ।

जन्मिएको १५ महिनाभित्र ७ पटकसम्म विभिन्न १३ प्रकारका खोप बालबालिकालाई लगाएपछि मात्र खोपको मात्र पूरा हुने बताइएको छ ।

 

सम्बन्धित समाचारहरु
इटहरीका दुई विवादमा ...

प्रतिनिधिसभाको सोमबारको बैठकमा शून्य समयमा बोल्दै सुनसरी क्षेत्र नम्बर–३ का सांसद अशोक चौधरीले ...

इटहरीका निजी विद्याल ...

इटहरी । इटहरी उपमहानगरपालिका क्षेत्रका निजी विद्यालयहरूले नयाँ शैक्षिक सत्र सुरु भएसँगै मनोमानी रूपम ...

सुनसरीका यी पोल्ट्री ...

जिल्लाका विभिन्न स्थानमा बर्ड फ्लु देखिएपछि नियन्त्रणका लागि पहल गरिएको छ । जिल्ला प्रशासन कार्यालयल ...

इटहरीमा स्कुल बसको ठ ...

इटहरीमा बोर्डिङ स्कुलको बसले ठक्कर दिँदा एक पैदलयात्रीको मृत्यु भएको छ । इटहरी उपमहानगरपालिका– ...

हाम्रो बारेमा

शब्दचित्र मिडिया प्रा.लि.द्धारा प्रकाशित डिजिटल पत्रिका जुनकिरीखबर डटकम

सम्पर्क

  • ईटहरी-२ सुन्सरी/प्रदेश नं.१, कोशी, नेपाल
  • कम्पनी दर्ता नं.: २१२३८१/०७५/०७६
  • स्थायी लेखा नं.: ६०६८५२२४९
  • मोबाइल नं.: ९८४२०३४५४६
  • इमेल: [email protected]