• वैशाख ३, २०८०
  • जुनकिरी खबर

इनरुवामा लघुवित्तपीडित र प्रहरीबीच झडप, तीन जना घाइते

alt

सुनसरी सदरमुकाम इनरुवामा लघुवित्तको विरोधमा उत्रिएका प्रदर्शनकारी र प्रहरीबीच झडप भएको छ । प्रदर्शनकारीले इनरुवाको बसचोकस्थित पूर्वपश्चिम राजमार्गमै सुतेर यातायत ठप्प पार्न खोजेपछि झडप भएको हो । झडपमा दुई प्रहरीसहित तीन जना घाइते भएको जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रहरी उपरीक्षक प्रभुप्रसाद ढकालले जानकारी दिए ।

सडक अवरुद्ध पार्ने प्रदर्शनकारीलाई हटाउनेक्रममा प्रहरीमाथि ढुंगामुढा भएपछि दुई जना प्रहरी र एक जना महिला प्रदर्शनकारी घाइते भएको प्रहरी उपरीक्षक ढकालले बताए । घाइते तीनै जना जिल्ला अस्पताल इनरुवामा उपचारपश्चात् डिस्चार्ज भएका छन् ।

करिब साढे २ सय जना प्रदर्शनकारीमध्ये धेरैजसो महिला रहेको र प्रहरीको संयमताले ठूलो क्षति हुन नपाएको प्रहरीको दाबी छ । एक महिनायता विभिन्न लघुवित्त संस्थाबाट पीडितहरुले इनरुवामा प्रदर्शन गर्दै आएका छन् ।

सम्बन्धित समाचारहरु
इटहरीका दुई विवादमा ...

प्रतिनिधिसभाको सोमबारको बैठकमा शून्य समयमा बोल्दै सुनसरी क्षेत्र नम्बर–३ का सांसद अशोक चौधरीले ...

इटहरीका निजी विद्याल ...

इटहरी । इटहरी उपमहानगरपालिका क्षेत्रका निजी विद्यालयहरूले नयाँ शैक्षिक सत्र सुरु भएसँगै मनोमानी रूपम ...

सुनसरीका यी पोल्ट्री ...

जिल्लाका विभिन्न स्थानमा बर्ड फ्लु देखिएपछि नियन्त्रणका लागि पहल गरिएको छ । जिल्ला प्रशासन कार्यालयल ...

इटहरीमा स्कुल बसको ठ ...

इटहरीमा बोर्डिङ स्कुलको बसले ठक्कर दिँदा एक पैदलयात्रीको मृत्यु भएको छ । इटहरी उपमहानगरपालिका– ...

हाम्रो बारेमा

शब्दचित्र मिडिया प्रा.लि.द्धारा प्रकाशित डिजिटल पत्रिका जुनकिरीखबर डटकम

सम्पर्क

  • ईटहरी-२ सुन्सरी/प्रदेश नं.१, कोशी, नेपाल
  • कम्पनी दर्ता नं.: २१२३८१/०७५/०७६
  • स्थायी लेखा नं.: ६०६८५२२४९
  • मोबाइल नं.: ९८४२०३४५४६
  • इमेल: [email protected]