• साउन ३०, २०७६
  • जुनकिरी खबर

नेपाल भूकम्पका दृष्टिले उच्च जोखिममा

alt

विज्ञहरुले भूकम्पको दृष्टिले मुलुक टाईम बममाथि रहेको भन्दै समयमै आवश्यक पूर्व तयारी गर्न सरकारलाई सुझाएका छन् । बिहीबार राजधानीमा आयोजित विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन सम्बन्धी कार्यशालामा विज्ञहरुले यस्तो सुझाव दिएका हुन् ।

भूकम्पको जोखिमका दृष्टिले नेपाल विश्वमा ११ औं स्थानमा रहेको जानकारी हुँदा हुँदै विपद् जोखिम न्यूनीकरण र व्यवस्थापनको पूर्व तयारीलाई बेवास्ता गरिएको भन्दै विज्ञहरुले  तत्काल पूर्व तयारी थाल्न सरकारलाई सचेत गराएका हुन् । विपद् व्यवस्थापन विज्ञ डाक्टर गंगालाल तुलाधरले भूइँचालोको दृष्टिकोणबाट नेपाल टाईम बममाथि रहेको भन्दै कुनै पनि बेला आइपर्न सक्ने विपद्को पूर्व तयारी सुरु गर्न ढिलाई गर्न नहुने बताए । 

नेपालको भौगर्भिक बनोटको साथै कोरिडोर सडकका नाममा नदी नाला मिचेर बनाईएका संरचना, इन्जिनियरिङ अध्ययन विनाको सडक निर्माण, अव्यस्थित र असुरक्षित बस्ती र शहर विस्तार लगायतले बाढी पहिरो जस्तो विपद निम्तने गरेको भन्दै उनले सुरक्षित बसोबासको प्रबन्ध मिलाउनेतर्फ सरकार र सम्बन्धित निकायले विशेष ध्यान दिनुपर्ने बताए ।

उनले विपदपछि खोज र उद्धारलाई भन्दा राहत वितरणलाई प्राथमिकता दिने गरिएको र तात्कालिक आवश्यकताका सूचीअनुसार राहत वितरण हुन नसकेको गुनासो गरे । सरोकारवाला तथा सम्बन्धित निकायबीच समन्वय हुन नसक्दा तत्कालको राहत चाउचाउ र चिउरामा सिमित हुने गरेको टिप्पणी पनि उनले गरे ।

विपद्का बेला मानविय उद्धार पहिलो प्राथमिकता भएपनि त्यसो हुन नसकेको भन्दै उनले चिन्ता व्यक्त गरे । सामाजिक सञ्जालको बढ्दो प्रयोगसँगै मानविय संवेदनशीलता पनि खतरामा परेको टिप्पणी उनले गरे । उनले विपद्को समयमा उद्धार गर्न छोडेर सेल्फी लिनेहरुको भीड लाग्नु दुःखद भएको भन्दै पहिलो उद्धारकर्ताको रुपमा सबैले भूमिका निर्वाह गर्नुपर्ने बताए ।

उनले भने, ‘बस पल्टिएको छ । मान्छे मरिरहेका छन् । छटपटाईरहेका छन् । त्यो स्थानमा पुलिस, एपिएफ पुगेका छन् । सबैले मान्छेहरु तानेर ल्याइरहेका छन् । बाँचेकाहरुले टक्क सेल्फी खिचेर हेरेरहका छन् । ऊ पनि पहिलो उद्धारकर्ता हुनुपर्ने हो ।

सम्बन्धित समाचारहरु
डिजिटल दुर्व्यवहार र ...

सनातन हिन्दू धर्मकी साधिका राधिका दासीले आफूविरुद्ध सार्वजनिक भएका सामग्रीले आफ्नो व्यक्तिगत प्रतिष् ...

विराटनगरको आर्यान न् ...

विराटनगर । विराटनगरस्थित आर्यान न्यूरो अस्पताल र अस्पतालका वरिष्ठ न्यूरो सर्जन डा. पंकज राज नेप ...

इटहरीमा महिला फुटबल ...

इटहरी रंगशालामा आगामी असार १३ गतेदेखि कोशी प्रदेश स्तरीय महिला फुटबल प्रतियोगिता आयोजना हुने भएको छ। ...

मधेसमा तस्करविरुद्ध ...

रौतहट । रौतहट प्रहरीले भारततर्फ अवैध रूपमा निकासी गर्न लागिएको करिब ९० लाख रुपैयाँभन्दा बढी मूल्यको ...

हाम्रो बारेमा

शब्दचित्र मिडिया प्रा.लि.द्धारा प्रकाशित डिजिटल पत्रिका जुनकिरीखबर डटकम

सम्पर्क

  • ईटहरी-२ सुन्सरी/प्रदेश नं.१, कोशी, नेपाल
  • कम्पनी दर्ता नं.: २१२३८१/०७५/०७६
  • स्थायी लेखा नं.: ६०६८५२२४९
  • मोबाइल नं.: ९८४२०३४५४६
  • इमेल: [email protected]