• वैशाख ११, २०८०
  • जुनकिरी खबर

वार्ता मार्फत धरान इटहरी सीमा विवाद समाधान मेयर हेमकर्णको आग्रह

alt

इटहरी र धरान दुई उपमहानगरपालिका बिचको सीमा विवादलाई वार्ता मार्फत समाधान गर्न इटहरीका मेयर हेमकर्ण पौडेलले आग्रह गरेका छन् । धरानका मेयर हर्कराज राई (हर्क साम्पाङ) ले धरानको सीमा बोर्ड इटहरीको क्षेत्रमा राखेपछि उत्पन्न विवादको समाधानको लागि आग्रह गरेका हुन् ।
 
२०१० साल भन्दा अगाडिबाट इटहरी धरानको सिमाना सेउती पुल रहेको ऐतिहासिक तथ्यलाई ख्याल गर्न मेयर पौडेलले सुझाएका छन् । सीमा जस्तो संवेदनशील र गम्भीर विषयलाई संवाद, सहमति र सहकार्य गर्न म तयार रहेको बताए ।
 
मेयर कक्षमा सोमबार पत्रकार सम्मेलन गर्दै पौडेलले आफू धरानको विकास, समृद्धि सँगै  धराने जनताप्रति सम्मान भाव रहेको प्रष्ट पारे । "धरान र इटहरीका नागरिकका बिचमा कुनै किसिमको कलह, द्वन्द्व, द्वेष, बैमनश्यता, मतभेद सिर्जना हुने गतिविधि नगर्नका निम्ति सम्बन्धित सबैमा अनुरोध गर्दछु ।," विज्ञप्ति मार्फत उनले भनेका छन् , "दशकौँ अगाडी देखी प्रहरी प्रशासन र सामुदायिक वन उपभोक्ता समितिहरूको क्षेत्राधिकार र नागरिक स्तरको सम्बन्धमा दरार आउन नदिनकालागि दुवै उपमहानगरपालिकाको नेतृत्वले आपसी समझदारी र समन्वयमा सीमा जस्तो संवेदनशील विषयमा आवश्यक कदम चाल्दा प्रभावकारी हुनेछ।
 

धरान उपमहानगरको सेउती पुललाई मानिादै आएको अवस्थामा नगरप्रमुख हर्कराज साम्पाङ राईले आइतबार सााझ सेउती पुलभन्दा ५ किलोमिटर दक्षिण इटहरीको क्षेत्रमा सिमानामा बोर्ड गाडेका थिए ।

उक्त बोर्ड युवा संघ नेपाल इटहरी उपमहानगर कमिटीले उखेलेपछि विवाद बढ्दै गएको हो । 

सम्बन्धित समाचारहरु
इटहरीका दुई विवादमा ...

प्रतिनिधिसभाको सोमबारको बैठकमा शून्य समयमा बोल्दै सुनसरी क्षेत्र नम्बर–३ का सांसद अशोक चौधरीले ...

इटहरीका निजी विद्याल ...

इटहरी । इटहरी उपमहानगरपालिका क्षेत्रका निजी विद्यालयहरूले नयाँ शैक्षिक सत्र सुरु भएसँगै मनोमानी रूपम ...

सुनसरीका यी पोल्ट्री ...

जिल्लाका विभिन्न स्थानमा बर्ड फ्लु देखिएपछि नियन्त्रणका लागि पहल गरिएको छ । जिल्ला प्रशासन कार्यालयल ...

इटहरीमा स्कुल बसको ठ ...

इटहरीमा बोर्डिङ स्कुलको बसले ठक्कर दिँदा एक पैदलयात्रीको मृत्यु भएको छ । इटहरी उपमहानगरपालिका– ...

हाम्रो बारेमा

शब्दचित्र मिडिया प्रा.लि.द्धारा प्रकाशित डिजिटल पत्रिका जुनकिरीखबर डटकम

सम्पर्क

  • ईटहरी-२ सुन्सरी/प्रदेश नं.१, कोशी, नेपाल
  • कम्पनी दर्ता नं.: २१२३८१/०७५/०७६
  • स्थायी लेखा नं.: ६०६८५२२४९
  • मोबाइल नं.: ९८४२०३४५४६
  • इमेल: [email protected]