• साउन ३१, २०७६
  • जुनकिरी खबर

बुढीखोलादेखि खोर्सानेसम्म्मको सडक दुई महिनामै भत्कियो सडक

alt

पूर्व–पश्चिम राजमार्गअन्तर्गत इटहरीे बुढीखोलादेखि खोर्सानेसम्म्मको सडक मर्मत गरेको २ महिनामै भत्केको छ । सडक भत्किँदा दुर्घटनाको जोखिम बढेको छ भने धुलो उडेर स्थानीय पीडित भएका छन् ।

सडक डिभिजन कार्यालय विराटनगरले बुढीखोलादेखि खोर्सानेसम्म पूर्वपश्चिम राजमार्गको ५ दशमलव ७ किलोमिटर सडकखण्ड गत वर्षमा १ करोड ८० लाखको लागतमा आवधिक मर्मत गराएको थियो । उक्त सडकको मर्मतको ठेक्का गीताञ्जली/मसुद/जोशिला जेभिले लिएको र गत वैशाख मसान्तमा काम सम्पन्न गरेको थियो ।

भएको सडकमाथिबाट कालोपत्रे गरेर निर्माण कम्पनीले मर्मत गरेको थियो । दुई महिना नबित्दै असारसम्ममा निर्माण कम्पनीले सडकमाथि गरेको कालोपत्रे उप्किन थालेको थियो ।

सुन्दरहरैंचाका रामकुमार खडकाले निर्माण कम्पनीले गुणस्तरहीन काम गरेकाले सडकमाथि गरेको कालोपत्रे उप्किएको र सवारीसाधन गुड्दा धूलोमा परिणत भएको बताए ।

‘गुणस्तरहीन कामले सडक धुलाम्मे भएको छ,’ उनले भने, ‘राजमार्गमा तिव्र गतिमा आउने सवारी साधन दिनहुँ दुर्घटना हुनुका साथै तिनले उडाएको धुलोले हामी हैरान भएका छौं ।’ सडकमा उडेको धुलोले सडक छेउका घरका बालबालिका र वृद्धवृद्धालाई रुघाखोकी लगायतका श्वासप्रश्वाससम्बन्धी रोग लाग्ने गरेको खडकाले गुनासो पोखे ।

मर्मत भएको दुई महिना नबित्दै विराटचोक, गछियाचोक, खार्सानेचोक, गछिया खोला र बुढीखोलामा गरी १२ सय मिटर सडक भत्केको छ । ‘अति व्यस्त रहने राजमार्गको चोक–चोकमा नै सडक भत्केकाले आवतजावत गर्ने सवारीसाधन उडाएको धुलोले स्थानीयवासीलाई सकस भएको छ,’ स्थानीय व्यापारी केबी श्रेष्ठले भने, ‘सडक भत्केकोले तिब्र गतिमा आएका सवारीसाधन दैनिक दुर्घटनामा पर्ने गरेका छन् ।’

उनले सडकका कर्मचारीहरूले निर्माण कम्पनीसँग मोटो रकम कमिसन लिने गरेकाले ल्याब जाँच प्रतिवेदनमा राम्रो देखिएको सडक दुई महिनामै भत्केको गुनासो पोखे । निर्माण क्षेत्रमा कार्यरत इन्जिनियर प्राविधिकहरूले निर्माण कम्पनीसँग २ देखि २० प्रतिशतसम्म कमिसन लिएर गुणस्तरहीन कामलाई पनि गुणस्तरयुक्त बनाएर भुक्तानी दिने गरेका छन् ।

सडक डिभिजन कार्यालय विराटनगरका प्रमुख शुभराज न्यौपाने सडक बोर्डको बजेटले ठेक्का आहान गरी निर्माण कम्पनीसँग २०७५ माघमा सम्झौता गरेपछि वैशाख मसान्तसम्ममा काम पूरा गरेको बताए । न्यौपानेले मर्मत भएको ५७ सय मिटर सडकमध्ये १२ सय जति भत्केकाले सडकको अवस्था हेरी पुनः मर्मत कसले गर्ने बारे निष्कर्ष निकाल्ने बताए ।

सम्बन्धित समाचारहरु
इटहरीका दुई विवादमा ...

प्रतिनिधिसभाको सोमबारको बैठकमा शून्य समयमा बोल्दै सुनसरी क्षेत्र नम्बर–३ का सांसद अशोक चौधरीले ...

इटहरीका निजी विद्याल ...

इटहरी । इटहरी उपमहानगरपालिका क्षेत्रका निजी विद्यालयहरूले नयाँ शैक्षिक सत्र सुरु भएसँगै मनोमानी रूपम ...

सुनसरीका यी पोल्ट्री ...

जिल्लाका विभिन्न स्थानमा बर्ड फ्लु देखिएपछि नियन्त्रणका लागि पहल गरिएको छ । जिल्ला प्रशासन कार्यालयल ...

इटहरीमा स्कुल बसको ठ ...

इटहरीमा बोर्डिङ स्कुलको बसले ठक्कर दिँदा एक पैदलयात्रीको मृत्यु भएको छ । इटहरी उपमहानगरपालिका– ...

हाम्रो बारेमा

शब्दचित्र मिडिया प्रा.लि.द्धारा प्रकाशित डिजिटल पत्रिका जुनकिरीखबर डटकम

सम्पर्क

  • ईटहरी-२ सुन्सरी/प्रदेश नं.१, कोशी, नेपाल
  • कम्पनी दर्ता नं.: २१२३८१/०७५/०७६
  • स्थायी लेखा नं.: ६०६८५२२४९
  • मोबाइल नं.: ९८४२०३४५४६
  • इमेल: [email protected]