• वैशाख १७, २०८०
  • जुनकिरी खबर

फ्रेन्डसिप क्रिकेट कपको उपाधि एभरेस्ट ग्लाडिएटर्सलाई

alt

अस्ट्रेलिया । अस्ट्रेलियामा २०२३ को दोस्रो संस्करणको फ्रेन्डसिप क्रिकेट कप को उपाधि एभरेस्ट ग्लाडिएटर्स क्रिकेट क्लबले जितेको छ । फाइनल खेलमा एभरेस्ट ग्लाडिएटर्सले युवालाई ५ विकेटले पराजित गदै दोस्रो संस्करणको फ्रेन्डसिप क्रिकेट कप को उपाधि जितेको हो ।

युवाले दिएको १२८ रनको लक्ष्य पछ्याएको एभरेस्ट ग्लाडिएटर्सले ५ विकेट गुमाउँदै लक्ष्य भेट्टायो । एभरेस्ट ग्लाडिएटर्सले जित निकाल्न शेखर गिरीले ३४, सौगात दाहालले २७ र सुरज श्रेष्ठले १५ बलमा ३० रन जोडेका थिए । टस हारेर पहिले ब्याटिङ गरेको युवाले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १२८ रन बनाएको थियो । जसका लागि सुनिल विष्टले २२ र ईश्वर अधिकारीले २३ रनको योगदान गरे ।

बलिङतर्फ एभरेस्ट ग्लाडिएटर्सका उदितले २ ओभरमा १० रन दिएर १ विकेट लिए, त्यस्तै जितेनले २ ओभरमा १४ रन दिएर १ विकेट लिएका थिए । एभरेस्ट ग्लाडिएटर्सका सौगात दाहालले १३० रन बनाएर प्रतियोगिताको वेस्ट ब्याट्स म्यान बन्न सफल भएका छन् । र बलिङ तर्फ अर्जुन न्यौपाने ८ विकेट लिएर प्रतियोगिताको वेस्ट बलरको उपाधि जितेका छन् । त्यस्तै शेखर गिरीले प्रतियोगिताको प्लेयर अफ द टुर्नामेन्टको उपाधि जितेका छन् ।

अप्रिल ९ बाट सुरु भएको प्रतियोगितामा रोयल डाँफे क्रिकेट क्लब, युवा, माभेन स्वान्स क्रिकेट क्लब र एभरेस्ट ग्लाडिएटर्स क्रिकेट क्लबबिच प्रतिस्पर्धा गरेका थिए । प्रतियोगिता कोकर पार्क क्यानिङटनमा आयोजना गरिएको थियो । २०२२ को संस्करणमा भने रोयल डाँफे क्रिकेट क्लबले एभरेस्ट ग्लाडिएटर्स क्रिकेट क्लबलाई ५ विकेटले पराजित गरेको थियो। आयोजक एभरेस्ट ग्लाडिएटर्स क्रिकेट क्लबका अध्यक्ष शेखर घिमिरेका अनुसार विदेशमा रहेर पनि नेपाली नेपालीहरू बिचको सम्बन्धलाई थप प्रगाढ बनाउन फ्रेन्डसिप क्रिकेट कप आयोजना गरिएको बताए ।

प्रतियोगिता सबैको साथ र सहयोगले सफल भएको उनको भनाई छ । दोस्रो संस्करणको प्रतियोगितालाई टाइटल प्रायोजक एभरेस्ट ग्लोबल एजुकेसन भिसा सर्भिसेसले गरेको थियो । प्रायोजक एभरेस्ट ग्लोबल एजुकेसन भिसा सर्भिसेजका अध्यक्ष याम केसीले प्रतियोगिता सफल भएको र आगामी वर्ष पनि यस्तै साथ र सहयोग गर्ने प्रतिबद्धता जनाए । विजयी टिमलाई केसीले बधाई समेत दिएका थिए ।

यस्तै समाजसेवी मनिस सिग्देलले पनि फ्रेन्डसिप क्रिकेट कपले नेपालीहरू बिच थप प्रगाढ सम्बन्ध बनाएको बताएका छन् । प्रतियोगितालाई डिर्सन ड्राइभिङ स्कुल, साशा इन्टरटेनमेन्ट र मोमो प्लानेटले पनि सहयोग गरेको थियो ।

341858426_774490924231594_1985454066446874643_n

सम्बन्धित समाचारहरु
इटहरीका दुई विवादमा ...

प्रतिनिधिसभाको सोमबारको बैठकमा शून्य समयमा बोल्दै सुनसरी क्षेत्र नम्बर–३ का सांसद अशोक चौधरीले ...

इटहरीका निजी विद्याल ...

इटहरी । इटहरी उपमहानगरपालिका क्षेत्रका निजी विद्यालयहरूले नयाँ शैक्षिक सत्र सुरु भएसँगै मनोमानी रूपम ...

सुनसरीका यी पोल्ट्री ...

जिल्लाका विभिन्न स्थानमा बर्ड फ्लु देखिएपछि नियन्त्रणका लागि पहल गरिएको छ । जिल्ला प्रशासन कार्यालयल ...

इटहरीमा स्कुल बसको ठ ...

इटहरीमा बोर्डिङ स्कुलको बसले ठक्कर दिँदा एक पैदलयात्रीको मृत्यु भएको छ । इटहरी उपमहानगरपालिका– ...

हाम्रो बारेमा

शब्दचित्र मिडिया प्रा.लि.द्धारा प्रकाशित डिजिटल पत्रिका जुनकिरीखबर डटकम

सम्पर्क

  • ईटहरी-२ सुन्सरी/प्रदेश नं.१, कोशी, नेपाल
  • कम्पनी दर्ता नं.: २१२३८१/०७५/०७६
  • स्थायी लेखा नं.: ६०६८५२२४९
  • मोबाइल नं.: ९८४२०३४५४६
  • इमेल: [email protected]