• वैशाख २०, २०८०
  • जुनकिरी खबर

आत्महत्या गर्न दुरुत्साहन गरेको आरोपमा दुई जना पक्राउ

alt

मोरङमा आत्म दुरुत्साहन गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ। विराटनगर महानगरपालिका वडा नं. ३ बस्ने गोविन्द प्रसाद नेपालले वैशाख १४ गते आत्मदाह प्रयास गरेका थिए । महानगरपालिका ४ तित्रिगाछी भन्ने स्थानमा आफ्नै शरीरमा प्रज्वलनशील पदार्थ खन्याई आगो लगाई आत्महत्या गर्न प्रयास गरेकोमा उपचारको क्रममा रेड प्लस अस्पताल १५ गते मृत्यु भएको थियो ।  उनको मृत्यु भएपछि प्रहरीले त्यसबारेमा थालेको अनुसन्धानको क्रममा वैशाख १६ गते आत्महत्या गर्न दुरुत्साहन गरेको मुद्दाको परेपछि दुई जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय मोरङका डिएसपी रञ्जन दाहालले जानकारी दिए । 

विराटनगर महानगरपालिका ४का ५५ वर्षीय  प्रगति भन्ने गति पोखरेल र ३६ वर्षीय सविना पोखरेललाई पक्राउ गरेको हो । पक्राउ पर्ने मध्ये पोखरेललाई घरैबाट र सविनालाई झापाको कमल गाउँपालिका वडा नं. ४ बाट   मङ्गलवार पक्राउ गरेको प्रहरीले जनाएको छ ।  पक्राउ परेका दुबै जनालाई मोरङ जिल्ला अदालतबाट आत्महत्या गर्न दुरुत्साहन गरेको मुद्दामा ५ दिनको म्याद थप गरेर अनुसन्धान थालिएको दाहालले बताए । 

सम्बन्धित समाचारहरु
इटहरीका दुई विवादमा ...

प्रतिनिधिसभाको सोमबारको बैठकमा शून्य समयमा बोल्दै सुनसरी क्षेत्र नम्बर–३ का सांसद अशोक चौधरीले ...

इटहरीका निजी विद्याल ...

इटहरी । इटहरी उपमहानगरपालिका क्षेत्रका निजी विद्यालयहरूले नयाँ शैक्षिक सत्र सुरु भएसँगै मनोमानी रूपम ...

सुनसरीका यी पोल्ट्री ...

जिल्लाका विभिन्न स्थानमा बर्ड फ्लु देखिएपछि नियन्त्रणका लागि पहल गरिएको छ । जिल्ला प्रशासन कार्यालयल ...

इटहरीमा स्कुल बसको ठ ...

इटहरीमा बोर्डिङ स्कुलको बसले ठक्कर दिँदा एक पैदलयात्रीको मृत्यु भएको छ । इटहरी उपमहानगरपालिका– ...

हाम्रो बारेमा

शब्दचित्र मिडिया प्रा.लि.द्धारा प्रकाशित डिजिटल पत्रिका जुनकिरीखबर डटकम

सम्पर्क

  • ईटहरी-२ सुन्सरी/प्रदेश नं.१, कोशी, नेपाल
  • कम्पनी दर्ता नं.: २१२३८१/०७५/०७६
  • स्थायी लेखा नं.: ६०६८५२२४९
  • मोबाइल नं.: ९८४२०३४५४६
  • इमेल: [email protected]