• वैशाख २२, २०८०
  • जुनकिरी खबर

इटहरीमा नक्कली नोटसहित एक पुरुष पक्राउ

alt

इटहरीमा नक्कली नोटसहित एक पुरुषलाई प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय इटहरीका अनुसार इटहरी १ स्थित आँपगाछीमा लागेको सिरुवा मेलामा नक्कली नोटसहित एक पुरुषलाई प्रहरीले पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा सुनसरीको गढी गाउँपालिका २ घर भएका बर्ष ३८ को जमिल खातुन रहेका छन् । उनलाई बिहीबार साँझ ७ बजेतिर पक्राउ गरिएको प्रहरीले जनाएको छ । मेलामा जेरी किनेर एक हजार रुपैयाँ तिर्दा व्यापारीले नक्कली पैसाको शंका लागेर प्रहरीलाई खबर गरेका थिए ।

तत्काल पक्राउ परेका खातुनको साथबाट प्रहरीले एक हजारका ६ थान र पाँच सयको २२ थान नक्कली नोट बरामद गरेको छ । साँझको समयमा मेलामा जेरी किन्न पुगेका खातुनलाई व्यापारीले नक्कली नोट जस्तो छ भनेर भनिएपनि उनले नभएको बताएका थिए ।

सम्बन्धित समाचारहरु
इटहरीका दुई विवादमा ...

प्रतिनिधिसभाको सोमबारको बैठकमा शून्य समयमा बोल्दै सुनसरी क्षेत्र नम्बर–३ का सांसद अशोक चौधरीले ...

इटहरीका निजी विद्याल ...

इटहरी । इटहरी उपमहानगरपालिका क्षेत्रका निजी विद्यालयहरूले नयाँ शैक्षिक सत्र सुरु भएसँगै मनोमानी रूपम ...

सुनसरीका यी पोल्ट्री ...

जिल्लाका विभिन्न स्थानमा बर्ड फ्लु देखिएपछि नियन्त्रणका लागि पहल गरिएको छ । जिल्ला प्रशासन कार्यालयल ...

इटहरीमा स्कुल बसको ठ ...

इटहरीमा बोर्डिङ स्कुलको बसले ठक्कर दिँदा एक पैदलयात्रीको मृत्यु भएको छ । इटहरी उपमहानगरपालिका– ...

हाम्रो बारेमा

शब्दचित्र मिडिया प्रा.लि.द्धारा प्रकाशित डिजिटल पत्रिका जुनकिरीखबर डटकम

सम्पर्क

  • ईटहरी-२ सुन्सरी/प्रदेश नं.१, कोशी, नेपाल
  • कम्पनी दर्ता नं.: २१२३८१/०७५/०७६
  • स्थायी लेखा नं.: ६०६८५२२४९
  • मोबाइल नं.: ९८४२०३४५४६
  • इमेल: [email protected]