• वैशाख २८, २०८०
  • जुनकिरी खबर

नेपाल–भारत सीमा क्षेत्रमा चल्यो डोजर

alt

विराटनगरसँग सिमाना जोडिएको नेपाल-भारत सीमा क्षेत्रको दशगजामा बिहीबार दिउँसोदेखि डोजर चलाउन थालिएको छ। अतिक्रमण गरेर अवैध हिसाबले दशगजा कब्जा गरी बनाइएका घरटहरा हटाउने अभियानअन्तर्गत नेपाल र भारतका सुरक्षा निकायबीचको समन्वयमा डोजर चलाइएको हो। 
यसअघि नै सूचना जारी गरेर अतिक्रमित दशगजा क्षेत्र खाली गर्न आग्रह गरेपनि नमानेपछि भारतको सीमा सुरक्षा बल (एसएसबी)ले नेपाल र सशस्त्र प्रहरी बलसँगको समन्वयमा दशगजा क्षेत्रमा पहिलोपटक डोजर प्रयोग गरेको हो। 

डोजर चल्न थालेपछि अतिक्रमण गरी संरचना बनाएर दशगजा कब्जा गरी बसेकाहरुबीच भागाभाग मच्चिएको थियो। 

ठूलो संख्याका भारतीय र केही नेपालीले घरटहरा बनाएर लामो समयदेखि दशगजा कब्जा गरी बसेका थिए। विशेष गरेर दशगजामा भारतीयको हालीमुहाली चल्थ्यो। अवैध संरचना हटाउने क्रममा भारतको टिकुलिया र विराटनगर महानगरपालिका–१६ दरैयाको सीमा क्षेत्रको दशगजामा बनाइएका ५५ वटा घरटहरा भत्काइएको छ। जसमा ५३ वटा भारतीय र २ वटा नेपाली नागरिकले बनाएका घरहरु परेका छन्। 

सशस्त्र प्रहरी बल मोरङका प्रमुख एसपी तीर्थ थापाका अनुसार टिकुलिया–दरैयाबीचको १८० नम्बर पिलरदेखि १८०/१९ सम्म लगभग १ किलोमिटरजति क्षेत्रमा बनाइएका संरचना हटाएर दशगजा क्षेत्र खाली गरिएको छ।

अवैध घरटहरा हटाएपछि जीर्ण अवस्थामा रहेका सीमा स्तम्भको मर्मत सम्भारका लागि पनि पहल गरिने प्रशासनले जनाएको छ। सीमा क्षेत्रको समस्या कूटनीतिक पहलबाटै समाधान गर्नु उत्तम हुने सुरक्षा अधिकारी बताउँछन्। 

सम्बन्धित समाचारहरु
इटहरीका दुई विवादमा ...

प्रतिनिधिसभाको सोमबारको बैठकमा शून्य समयमा बोल्दै सुनसरी क्षेत्र नम्बर–३ का सांसद अशोक चौधरीले ...

इटहरीका निजी विद्याल ...

इटहरी । इटहरी उपमहानगरपालिका क्षेत्रका निजी विद्यालयहरूले नयाँ शैक्षिक सत्र सुरु भएसँगै मनोमानी रूपम ...

सुनसरीका यी पोल्ट्री ...

जिल्लाका विभिन्न स्थानमा बर्ड फ्लु देखिएपछि नियन्त्रणका लागि पहल गरिएको छ । जिल्ला प्रशासन कार्यालयल ...

इटहरीमा स्कुल बसको ठ ...

इटहरीमा बोर्डिङ स्कुलको बसले ठक्कर दिँदा एक पैदलयात्रीको मृत्यु भएको छ । इटहरी उपमहानगरपालिका– ...

हाम्रो बारेमा

शब्दचित्र मिडिया प्रा.लि.द्धारा प्रकाशित डिजिटल पत्रिका जुनकिरीखबर डटकम

सम्पर्क

  • ईटहरी-२ सुन्सरी/प्रदेश नं.१, कोशी, नेपाल
  • कम्पनी दर्ता नं.: २१२३८१/०७५/०७६
  • स्थायी लेखा नं.: ६०६८५२२४९
  • मोबाइल नं.: ९८४२०३४५४६
  • इमेल: [email protected]