• वैशाख २९, २०८०
  • जुनकिरी खबर

धरानका मेयर हर्क साम्पाङबिरुद्व सुनसरी प्रशासनमा ज्ञापनपत्र

alt

धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले समाचार सम्प्रेषण गर्न गएका पत्रकारहरूप्रति अशोभनीय व्यवहार गरेको र अराजकता प्रस्तुत गरेको भन्दै नेपाल पत्रकार महासंघ सुनसरीले जिल्ला प्रशासन कार्यलयमा ज्ञापन पत्र बुझाएको छ ।

शुक्रबार सुनसरीकी प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डेलाई महासंघको टोलीले ज्ञापनपत्र बुझाएको हो । मेयरका समर्थकहरू पत्रकारबिरुद्व अराजक भएर प्रस्तुत हुँदा पत्रकारहरूलाई रिपोर्टिङ गर्न समस्या भइरहेको महासंघले जनाएको छ ।

श्रृंखलाबद्व रुपमा मेयर साम्पाङद्वारा अभिव्यक्ति स्वतन्त्रता तथा प्रेस स्वतन्त्रताविरोधी गतिविधि बढिरहेको बताउदै धरान उपमहानगरपालिकाको गतिविधिबारे समाचार संकलन गर्न जाने सहज वातावरण पत्रकारका लागि नभएको जनाएको छ ।

अभिव्यक्ति स्वतन्त्रता, प्रेस स्वतन्त्रता र पत्रकारहरूको सुरक्षाको लागि जिल्ला प्रशासन कार्यालय सुनसरीमार्फत नेपाल सरकार गृह मन्त्रालयसमक्ष मागपत्र पेस गरिएको बताइएको छ ।

यसअघि महासंघले चरणबद्व आन्दोलन गर्ने घोषणा गरेको थियो । सोही अन्तर्गत बैशाख २८ गते बिहीबार प्रेस विज्ञप्ति जारी गर्ने, २९ गते जिल्ला प्रशासन कार्यालयमार्फत गृह मन्त्रालयसमक्ष ज्ञापन पत्र बुझाइएको हो ।

यस्तै, ३० गते शनिबार सुनसरीबाट प्रकाशित पत्रिका र अनलाइन पोर्टलहरूमा एउटै नारा प्रकाशन र प्रसारण गर्न आग्रह गर्ने, ३१ गते सुनसरीका पत्रकारहरूले एउटै नारा फेसबुक स्ट्याटसमा लेख्ने, जेठ १ गते धरानमा मौन जुलुस प्रदर्शन गर्ने र २ गते धरानमै पूर्व नगर प्रमुखहरूसँग अन्तरक्रिया गर्ने भएको बताइएको छ ।

सम्बन्धित समाचारहरु
डिजिटल दुर्व्यवहार र ...

सनातन हिन्दू धर्मकी साधिका राधिका दासीले आफूविरुद्ध सार्वजनिक भएका सामग्रीले आफ्नो व्यक्तिगत प्रतिष् ...

विराटनगरको आर्यान न् ...

विराटनगर । विराटनगरस्थित आर्यान न्यूरो अस्पताल र अस्पतालका वरिष्ठ न्यूरो सर्जन डा. पंकज राज नेप ...

इटहरीमा महिला फुटबल ...

इटहरी रंगशालामा आगामी असार १३ गतेदेखि कोशी प्रदेश स्तरीय महिला फुटबल प्रतियोगिता आयोजना हुने भएको छ। ...

मधेसमा तस्करविरुद्ध ...

रौतहट । रौतहट प्रहरीले भारततर्फ अवैध रूपमा निकासी गर्न लागिएको करिब ९० लाख रुपैयाँभन्दा बढी मूल्यको ...

हाम्रो बारेमा

शब्दचित्र मिडिया प्रा.लि.द्धारा प्रकाशित डिजिटल पत्रिका जुनकिरीखबर डटकम

सम्पर्क

  • ईटहरी-२ सुन्सरी/प्रदेश नं.१, कोशी, नेपाल
  • कम्पनी दर्ता नं.: २१२३८१/०७५/०७६
  • स्थायी लेखा नं.: ६०६८५२२४९
  • मोबाइल नं.: ९८४२०३४५४६
  • इमेल: [email protected]