• वैशाख ३१, २०८०
  • जुनकिरी खबर

धरानमा मेयर र वडाअध्यक्षहरुबीचको विवाद साम्य

alt

मेयर हर्क साम्पाङले आफ्ना स्वकीय सचिवले पठाएको पत्र प्रशासनिक त्रुटी भएको र आउदा दिनहरुमा त्यसखालको पत्र नपठाउने प्रतिवद्धता जनाएपछि मेयर र वडाअध्यक्षहरुबीचको विवाद साम्य भएको छ । 

दुई महिनापछि आज बसेको धरानको कार्यपालिका बैठकमा वडाअध्यक्षहरुको प्रमुख मागलाई सम्बोधन गरेपछि बैठक सहजरुपमा अघि बढेको हो । बैठकमा वडाअध्यक्षहरुको ५ बुँदे मागको बिषयमा वडा नं १७ का अध्यक्ष तथा कार्यपालिका प्रवक्ता सुर्यबहादुर भट्टराई (मनोज)ले कुरा राखेका थिए । पाँच बुँदे माग मध्ये उनले तीन वटा माग महत्वपुर्ण भएकोले मेयर साम्पाङले सम्बोधन गर्नुपर्ने बताएका थिए । त्यसपछि बैठकलाई सम्बोधन गर्दै मेयर साम्पाङले ३ वटै मागलाई सम्बोधन गरेका थिए । 

माग सम्बोधन गर्ने क्रममा मेयर साम्पाङले आफ्नो स्वकीय सचिवले पत्र पठाउनु प्रशासनिक त्रुटी भएको स्वीकार गरेका हुन् । तत्कालिन वरिष्ठ प्रशासकीय अधिकृतलाई पत्राचार गर्न निर्देशन दिदा उनले पत्र नपठाएको र सचिवालयमार्फत पठाउदा हुने भनेपछि उक्त त्रुटी हुन पुगेको पनि मेयर साम्पाङले बताए । साथै उनले आउदा दिनहरुमा स्वकीय सचिवमार्फत त्यसखालको पत्र नआउने पनि प्रतिवद्धता जनाए । हाल प्रमुख प्रशासकीय अधिकृतमार्फत वडा कार्यालयहरुमा पुनः पत्र पठाएर सम्पन्न भएका योजना तथा कार्यक्रमहरु पठाउन आग्रह गरेर वडाअध्यक्षहरुको माग सम्बोधन पनि गरिसकेको मेयर साम्पाङले बताएका थिए ।

सम्बन्धित समाचारहरु
इटहरीका दुई विवादमा ...

प्रतिनिधिसभाको सोमबारको बैठकमा शून्य समयमा बोल्दै सुनसरी क्षेत्र नम्बर–३ का सांसद अशोक चौधरीले ...

इटहरीका निजी विद्याल ...

इटहरी । इटहरी उपमहानगरपालिका क्षेत्रका निजी विद्यालयहरूले नयाँ शैक्षिक सत्र सुरु भएसँगै मनोमानी रूपम ...

सुनसरीका यी पोल्ट्री ...

जिल्लाका विभिन्न स्थानमा बर्ड फ्लु देखिएपछि नियन्त्रणका लागि पहल गरिएको छ । जिल्ला प्रशासन कार्यालयल ...

इटहरीमा स्कुल बसको ठ ...

इटहरीमा बोर्डिङ स्कुलको बसले ठक्कर दिँदा एक पैदलयात्रीको मृत्यु भएको छ । इटहरी उपमहानगरपालिका– ...

हाम्रो बारेमा

शब्दचित्र मिडिया प्रा.लि.द्धारा प्रकाशित डिजिटल पत्रिका जुनकिरीखबर डटकम

सम्पर्क

  • ईटहरी-२ सुन्सरी/प्रदेश नं.१, कोशी, नेपाल
  • कम्पनी दर्ता नं.: २१२३८१/०७५/०७६
  • स्थायी लेखा नं.: ६०६८५२२४९
  • मोबाइल नं.: ९८४२०३४५४६
  • इमेल: [email protected]