• जेठ २, २०८०
  • जुनकिरी खबर

धरानमा २ पेस्तोलसहित ३ जना पक्राउ

alt

प्रहरीले धरानबाट दुई थान स्वचालित पेस्तोलसहित तीन युवालाई पक्राउ गरेको छ । प्रहरीले धरान–१७ डाँडा घोपा बस्ने ३ जना युवालाई पेस्तोलसहित पक्राउ गरेको हो । पक्राउ पर्नेहरूमा धरान– १७ डाडा घोपा बस्ने २९ वर्षीय हुकमेन जिमी, २४ वर्षीय दिपक जिमी र धरान– १५ बाझगरास्थित सहिदमार्ग बस्ने २४ वर्षीय रोहित राई रहेका छन् ।

इलाका प्रहरी कार्यालय धरानका प्रहरी नायब उपरीक्षक नवराज मल्लकाअनुसार विशेष सूचनाको आधारमा उनीहरुलाई आइतबार पक्राउ गरिएको हो । उनीहरुका साथबाट मेड इन इटाली लेखेको स्वचालित पेस्तोल १ थान र विवरण उल्लेख नभएको एक थान पेस्तोल र त्यसमा प्रयोग हुने म्यागेजिन गरेको प्रहरीले जनाएको छ ।

केही युवाहरुले पेस्तोल लुकाएर राखेको भन्ने सूचना पाएपछि इलाका प्रहरी कार्यालय धरानबाट प्रहरी निरीक्षक देउप्रसाद लिम्बूको कमान्डमा आरटीआई विराटनगरबाट खटिएको संयुक्त प्रहरी टोलीले पेस्तोलसहित युवाहरुलाई पक्राउ गरेको हो ।

सम्बन्धित समाचारहरु
इटहरीका दुई विवादमा ...

प्रतिनिधिसभाको सोमबारको बैठकमा शून्य समयमा बोल्दै सुनसरी क्षेत्र नम्बर–३ का सांसद अशोक चौधरीले ...

इटहरीका निजी विद्याल ...

इटहरी । इटहरी उपमहानगरपालिका क्षेत्रका निजी विद्यालयहरूले नयाँ शैक्षिक सत्र सुरु भएसँगै मनोमानी रूपम ...

सुनसरीका यी पोल्ट्री ...

जिल्लाका विभिन्न स्थानमा बर्ड फ्लु देखिएपछि नियन्त्रणका लागि पहल गरिएको छ । जिल्ला प्रशासन कार्यालयल ...

इटहरीमा स्कुल बसको ठ ...

इटहरीमा बोर्डिङ स्कुलको बसले ठक्कर दिँदा एक पैदलयात्रीको मृत्यु भएको छ । इटहरी उपमहानगरपालिका– ...

हाम्रो बारेमा

शब्दचित्र मिडिया प्रा.लि.द्धारा प्रकाशित डिजिटल पत्रिका जुनकिरीखबर डटकम

सम्पर्क

  • ईटहरी-२ सुन्सरी/प्रदेश नं.१, कोशी, नेपाल
  • कम्पनी दर्ता नं.: २१२३८१/०७५/०७६
  • स्थायी लेखा नं.: ६०६८५२२४९
  • मोबाइल नं.: ९८४२०३४५४६
  • इमेल: [email protected]