• जेठ २, २०८०
  • जुनकिरी खबर

इटहरीमा ५ तारे होटल सोल्टी वेस्टेन्डको सेवा सुरु

alt

सोल्टी ग्रुपले सुनसरीको इटहरीमा  ५ तारे होटल सञ्चालनमा ल्याएको छ । काठमाडौ बाहिर हस्पिटालिटी व्यवसायलाई विस्तार गर्ने उद्देश्यले इटहरीमा सोल्टी वेस्टेन्डको सुरुवात गरेको ग्रुपका उपाध्यक्ष सुदर्शन चापागाईंले बताए ।

२०७२ सालबाट निर्माण शुरु भएको होटल गरिमाको स्वमित्व र सोल्टी होटलको व्यवस्थापन र सन्चालनमा ५ तारे होटलको  जेठ ३ गतेबाट सेवा शुरु हुन लागेको मंगलबार आयोजित पत्रकार सम्मेलनमा जानकारी गराइएको हो ।

सोल्टी ग्रुपको आफ्नै लगानीमा काठमाण्डौको सोल्टीमोड स्थित सोल्टी होटल र नेपालगञ्ज स्थित सोल्टी वेस्टइन्ड प्रिमियर पाँचतारे होटल सञ्चालनमा छ । पछिल्लो समय सोल्टी ग्रुपले व्यवस्थापन मोडलमा काम गर्ने योजना अनुरूप इटहरीमा सेवा सुरु गरेको बताइएको छ । सातै प्रदेशमा सोल्टी ब्रान्डका होटल खोल्ने अवधारणा अनुरुप गरिमा होटलको स्वामित्व सोल्टीले लिने सम्झौता अनुसार कोशी प्रदेशमा सेवा सुरु गरेको चापागाईले बताए ।

अरू कसैको स्वमित्व भएको होटलमा व्यवस्थापन गर्ने र ब्रान्ड दिने मोडल नै व्यवस्थापन मोडल हो । करिब २ अर्वको लगानीमा २०७२ सालबाट निर्माण शुरु भएको गरिमा होटल व्यवस्थापनको जिम्मा एक बर्ष अगाडी सोल्टीले लिने सम्झौता भएको थियो । सोही सम्झौता अनुसार सोल्टी होटलले ब्यवस्थापनको जिम्मा लिएको गरिमा होटल प्रालिका अध्यक्ष भिम बहादुर पौडेलले बताए ।

   सोल्टी पहिलो लिड सर्टिफाइड होटल हो ।

सम्बन्धित समाचारहरु
डिजिटल दुर्व्यवहार र ...

सनातन हिन्दू धर्मकी साधिका राधिका दासीले आफूविरुद्ध सार्वजनिक भएका सामग्रीले आफ्नो व्यक्तिगत प्रतिष् ...

विराटनगरको आर्यान न् ...

विराटनगर । विराटनगरस्थित आर्यान न्यूरो अस्पताल र अस्पतालका वरिष्ठ न्यूरो सर्जन डा. पंकज राज नेप ...

इटहरीमा महिला फुटबल ...

इटहरी रंगशालामा आगामी असार १३ गतेदेखि कोशी प्रदेश स्तरीय महिला फुटबल प्रतियोगिता आयोजना हुने भएको छ। ...

मधेसमा तस्करविरुद्ध ...

रौतहट । रौतहट प्रहरीले भारततर्फ अवैध रूपमा निकासी गर्न लागिएको करिब ९० लाख रुपैयाँभन्दा बढी मूल्यको ...

हाम्रो बारेमा

शब्दचित्र मिडिया प्रा.लि.द्धारा प्रकाशित डिजिटल पत्रिका जुनकिरीखबर डटकम

सम्पर्क

  • ईटहरी-२ सुन्सरी/प्रदेश नं.१, कोशी, नेपाल
  • कम्पनी दर्ता नं.: २१२३८१/०७५/०७६
  • स्थायी लेखा नं.: ६०६८५२२४९
  • मोबाइल नं.: ९८४२०३४५४६
  • इमेल: [email protected]