• जेठ २३, २०८०
  • जुनकिरी खबर

पानीको अभावपछि वीपी प्रतिष्ठान धरानमा एक हप्ता पढाइ बन्द

alt

धरानस्थित वी.पी. कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानले पानीको चरम अभावको कारण स्नातक तहको अध्ययन एक हप्ता बन्द गरेको छ । बीडीएस तथा इन्टर्नको दोस्रो वर्ष बाहेकको कक्षा मंगलबारदेखि ३० गतेसम्म बन्द गरिएको छ ।

एकेडेमिक्सकी सहायक डीन डा.भीम्मी सिंहले सूचना जारी गर्दै पानीको चरम अभावको कारण एकहप्ता कुनै पनि कक्षा नहुने जानकारी दिएकी छिन् ।

चरम पानी अभावको कारण समस्या भइरहेको विद्यार्थीहरुले लिखित गुनासो दिएकोले पढाइ स्थगित गर्ने उनले सूचनामा उल्लेख गरेकी छिन् । प्रतिष्ठानको आफ्नै पानीको स्रोत रहेको छ । ती स्रोतहरुमा भएको मिसिनमा आएको खराबीको कारण समस्या भइरहेको जानकारी पाएको चिकित्सा कल्याण संघले जानकारी दिएको छ । प्रतिष्ठानमा दैनिक तीस लाख लिटर पानी खपत हुने गरेको छ ।

 

सम्बन्धित समाचारहरु
इटहरीका दुई विवादमा ...

प्रतिनिधिसभाको सोमबारको बैठकमा शून्य समयमा बोल्दै सुनसरी क्षेत्र नम्बर–३ का सांसद अशोक चौधरीले ...

इटहरीका निजी विद्याल ...

इटहरी । इटहरी उपमहानगरपालिका क्षेत्रका निजी विद्यालयहरूले नयाँ शैक्षिक सत्र सुरु भएसँगै मनोमानी रूपम ...

सुनसरीका यी पोल्ट्री ...

जिल्लाका विभिन्न स्थानमा बर्ड फ्लु देखिएपछि नियन्त्रणका लागि पहल गरिएको छ । जिल्ला प्रशासन कार्यालयल ...

इटहरीमा स्कुल बसको ठ ...

इटहरीमा बोर्डिङ स्कुलको बसले ठक्कर दिँदा एक पैदलयात्रीको मृत्यु भएको छ । इटहरी उपमहानगरपालिका– ...

हाम्रो बारेमा

शब्दचित्र मिडिया प्रा.लि.द्धारा प्रकाशित डिजिटल पत्रिका जुनकिरीखबर डटकम

सम्पर्क

  • ईटहरी-२ सुन्सरी/प्रदेश नं.१, कोशी, नेपाल
  • कम्पनी दर्ता नं.: २१२३८१/०७५/०७६
  • स्थायी लेखा नं.: ६०६८५२२४९
  • मोबाइल नं.: ९८४२०३४५४६
  • इमेल: [email protected]