• जेठ २३, २०८०
  • जुनकिरी खबर

अध्यादेशबाट बजेट ल्याउने तयारीमा कोशी प्रदेश सरकार

alt

कोशी प्रदेश सरकारबाट नेकपा (माओवादी केन्द्र) बाहिरिएपछि हिकमत कुमार कार्की नेतृत्वको सरकारले अध्यादेशबाट बजेट ल्याउने तयारीमा थालेको छ ।

माओवादी केन्द्र सरकार वाट बाहिरिइसकेको छ । सरकारबाट फिर्ता हुने निर्णय गरेसँगै अल्पमतमा परेको सरकारले बुधवार संसद्मा नीति तथा कार्यक्रम पेस गर्ने तयारी गरेको थियो । नीति तथा कार्यक्रमलाई प्रदेश सरकारले स्थगित गरेको छ । नेकपा एमाले संसदीय दलका प्रमुख सचेतक रेवती रमण भण्डारीले नयाँ परिस्थितिमा नयाँ ढंगले बजेट ल्याउने तयारी भएको बताएका छन् ।

माओवादी केन्द्र सरकारबाट फिर्ता भएपछि बुधवार नीति तथा कार्यक्रम संसद्मा पेस नहुने उनले जानकारी दिए ।
अध्यादेशबाट बजेट आउने कुरा पनि संविधान अनुसारकै विषय भएको उनले बताएका छन् । यो सरकारले बहुमत जुटाउन कसरत गरिरहेको उनको भनाइ रहेको छ ।

सरकारले बजेट अधिवेशन नै अन्त्य गरेर अध्यादेश मार्फत असार १ गते बजेट सार्वजनिक गर्ने तयारी गरेको मुख्यमन्त्री निकट श्रोतले जनाएको छ ।

सम्बन्धित समाचारहरु
इटहरीका दुई विवादमा ...

प्रतिनिधिसभाको सोमबारको बैठकमा शून्य समयमा बोल्दै सुनसरी क्षेत्र नम्बर–३ का सांसद अशोक चौधरीले ...

इटहरीका निजी विद्याल ...

इटहरी । इटहरी उपमहानगरपालिका क्षेत्रका निजी विद्यालयहरूले नयाँ शैक्षिक सत्र सुरु भएसँगै मनोमानी रूपम ...

सुनसरीका यी पोल्ट्री ...

जिल्लाका विभिन्न स्थानमा बर्ड फ्लु देखिएपछि नियन्त्रणका लागि पहल गरिएको छ । जिल्ला प्रशासन कार्यालयल ...

इटहरीमा स्कुल बसको ठ ...

इटहरीमा बोर्डिङ स्कुलको बसले ठक्कर दिँदा एक पैदलयात्रीको मृत्यु भएको छ । इटहरी उपमहानगरपालिका– ...

हाम्रो बारेमा

शब्दचित्र मिडिया प्रा.लि.द्धारा प्रकाशित डिजिटल पत्रिका जुनकिरीखबर डटकम

सम्पर्क

  • ईटहरी-२ सुन्सरी/प्रदेश नं.१, कोशी, नेपाल
  • कम्पनी दर्ता नं.: २१२३८१/०७५/०७६
  • स्थायी लेखा नं.: ६०६८५२२४९
  • मोबाइल नं.: ९८४२०३४५४६
  • इमेल: [email protected]