• जेठ २४, २०८०
  • जुनकिरी खबर

धरानमा अफ्रिकन स्वाइन फिवरले बंगुर मर्दा ३० करोड नोक्सान

alt

बंगुरपालनका लागि प्रसिद्ध क्षेत्र मानिएको सुनसरीको धरानमा एक वर्षमा किसानले ३० करोड बराबरको क्षति बेहोर्नुपरेको छ । बंगुरमा लाग्ने अफ्रिकन स्वाइन फिवरको प्रकोपबाट किसानले पालेका बंगुर मर्दा पछिल्लो एक वर्षमा ३० करोड बराबरको नोक्सानी भएको धरान उपमहानगरपालिका पशु शाखा प्रमुख डा. बिर्खबहादुर कुलुङले बताए ।

गत वर्षको वैशाखदेखि फैलिएको प्रकोप नियन्त्रणमा नआउँदा स्थानीय किसानहरूले ठूलो क्षति बेहोर्नुपरेको कुलुङको भनाइ छ ।

जनशक्ति अभाव र स्थानीय सरकारको मात्र पहलले प्रकोप नियन्त्रण गर्न नसक्दा ठूलो मात्रामा बंगुर मरेको कुलुङले बताए । पशु बिमाको झन्झटिलो प्रक्रियाका कारण धेरै किसानहरु अझै पनि बिमाको पहुँचमा पुगेका छैनन् । सामान्यत: एउटै बंगुर ५० देखि २ सय ५० केजी तौलको हुने र मर्दाखेरि त्यसबाट ठूलो क्षति हुने किसानहरू बताउँछन् ।

 
 

सम्बन्धित समाचारहरु
इटहरीका दुई विवादमा ...

प्रतिनिधिसभाको सोमबारको बैठकमा शून्य समयमा बोल्दै सुनसरी क्षेत्र नम्बर–३ का सांसद अशोक चौधरीले ...

इटहरीका निजी विद्याल ...

इटहरी । इटहरी उपमहानगरपालिका क्षेत्रका निजी विद्यालयहरूले नयाँ शैक्षिक सत्र सुरु भएसँगै मनोमानी रूपम ...

सुनसरीका यी पोल्ट्री ...

जिल्लाका विभिन्न स्थानमा बर्ड फ्लु देखिएपछि नियन्त्रणका लागि पहल गरिएको छ । जिल्ला प्रशासन कार्यालयल ...

इटहरीमा स्कुल बसको ठ ...

इटहरीमा बोर्डिङ स्कुलको बसले ठक्कर दिँदा एक पैदलयात्रीको मृत्यु भएको छ । इटहरी उपमहानगरपालिका– ...

हाम्रो बारेमा

शब्दचित्र मिडिया प्रा.लि.द्धारा प्रकाशित डिजिटल पत्रिका जुनकिरीखबर डटकम

सम्पर्क

  • ईटहरी-२ सुन्सरी/प्रदेश नं.१, कोशी, नेपाल
  • कम्पनी दर्ता नं.: २१२३८१/०७५/०७६
  • स्थायी लेखा नं.: ६०६८५२२४९
  • मोबाइल नं.: ९८४२०३४५४६
  • इमेल: [email protected]