• जेठ २५, २०८०
  • जुनकिरी खबर

इटहरीमा मुख्यमन्त्री कप राष्ट्रिय महिला भलिबल हुने

alt

 इटहरीमा मुख्यमन्त्री कप राष्ट्रिय महिला रात्रीकालीन भलिबल प्रतियोगिता हुने भएको छ । जेठ २९ गते देखी ३२ गतेसम्म प्रदेश खेलकुद विकास बोर्ड, कोशी प्रदेशको आयोजना तथा जिल्ला भलिबल संघ सुनसरीको संयोजनमा प्रदेशिक रंगशाला, इटहरीमा प्रतियोगिता हुन लागेको हो ।

बिजेताले नगद ३ लाख र उपबिजेताले १ लाख ५० हजार रुपैया पुरस्कार पाउने बिहिबार बिहान आयोजित पत्रकार सम्मेलनमा जानकारी गराइएको हो । प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीले नगद ५५ हजार पाउने छन । यस्तै उत्कृष्ट विधाहरु अन्तर्गत बेष्ट स्पाइकर, ब्लकर, सर्भर, सेटर र डिफेण्डरलाई जनही १५ हजार प्रदान गरिने बताइएको छ ।

प्रतियोगितामा तीन बिभागीय सहित ६ टिमको सहभागिता रहने आयोजक प्रदेश खेलकुद बिकास बोर्डका सदस्यसचिव हंशराज वाग्लेले जानकारी दिए । बिभागीय टिम नेपाल आर्मी, नेपाल पुलिस र एपीएफ सहित बागमती, लुम्बीनी र कोशी प्रदेश टिम सहभागी हुने निश्चित भएको वाग्लेले जानकारी दिए ।

कुल २५ लाख रुपैया खर्च हुने प्रतियोगितामा प्रत्येक टिमका १२ खेलाडी, एक प्रशिक्षक र एक ब्यवस्थापक गरी १४ जनालाई यातायात खर्च र नियम अनुसार दैनिक भ्रमणभक्ता उपलब्ध गराइने पनि आयोजकले जनाएको छ ।

अत्याधिक गर्मीको मौसम रहेकाले प्रतियोगिता रातीको समयमा आयोजना गर्न लागिएको सुनसरी जिल्ला भलिबल संघका अध्यक्ष बिक्रमबाबु थापाले बताए ।

यसअघि प्रतियोगिता जेठ १८ देखी २१ गतेसम्म इटहरीमै आयोजना गर्ने कार्यतालिका रहेपनि सदस्य सचिव बर्खास्ती प्रकरणले ढिलाई भएको हो । मुख्यमन्त्री पुरुष राष्टिय भलिबल प्रतियोगिता भने गत बैशाख १४ देखी १७ गतेसम्म झापाको दमकमा सम्पन्न भइसकेको छ ।

सम्बन्धित समाचारहरु
इटहरीका दुई विवादमा ...

प्रतिनिधिसभाको सोमबारको बैठकमा शून्य समयमा बोल्दै सुनसरी क्षेत्र नम्बर–३ का सांसद अशोक चौधरीले ...

इटहरीका निजी विद्याल ...

इटहरी । इटहरी उपमहानगरपालिका क्षेत्रका निजी विद्यालयहरूले नयाँ शैक्षिक सत्र सुरु भएसँगै मनोमानी रूपम ...

सुनसरीका यी पोल्ट्री ...

जिल्लाका विभिन्न स्थानमा बर्ड फ्लु देखिएपछि नियन्त्रणका लागि पहल गरिएको छ । जिल्ला प्रशासन कार्यालयल ...

इटहरीमा स्कुल बसको ठ ...

इटहरीमा बोर्डिङ स्कुलको बसले ठक्कर दिँदा एक पैदलयात्रीको मृत्यु भएको छ । इटहरी उपमहानगरपालिका– ...

हाम्रो बारेमा

शब्दचित्र मिडिया प्रा.लि.द्धारा प्रकाशित डिजिटल पत्रिका जुनकिरीखबर डटकम

सम्पर्क

  • ईटहरी-२ सुन्सरी/प्रदेश नं.१, कोशी, नेपाल
  • कम्पनी दर्ता नं.: २१२३८१/०७५/०७६
  • स्थायी लेखा नं.: ६०६८५२२४९
  • मोबाइल नं.: ९८४२०३४५४६
  • इमेल: [email protected]