• जेठ २७, २०८०
  • जुनकिरी खबर

मिटरब्याजीविरुद्ध ९ जिल्लामा करिब २० हजार उजुरी

alt

ऋण दिएर अनुचित रुपमा ब्याज उठाउने मिटरब्याजी सुदखोरविरुद्ध नौ जिल्लामा मात्रै करिब बीस हजार पीडित परिवारले उजुरी दिएका छन् । मधेशका आठ जिल्ला र पश्चिम नवलपरासीमा मात्रै एक महिनाको अवधिमा १९ हजार ९४२ उजुरी परेका छन् । सरकारले गठन गरेको अनुचित लेनदेन (मिटरब्याज) सम्बन्धी जाँझबुझ आयोगले सम्बन्धित जिल्ला प्रशासन कार्यालयहरूबाट सुदखोरविरुद्ध उजुरी आह्वान गरेको थियो । तीबाहेक अन्य जिल्लामा परेका उजुरीहरुको विवरण भने संकलन भइसकेको छैन । 

आयोगले ७ जना मिटरब्याजीलाई पक्राउ गरी कारबाही प्रक्रिया अघि बढाएको छ भने कतिपय उजुरीउपर छानबिन र मिलापत्रसमेत गराएको छ । पर्सा, बारा, रौतहट, सर्लाही, महोत्तरी, धनुषा, सिरहा र सप्तरी तथा नवलपरासी पश्चिममा त्यहाँ रहेका जिल्ला प्रशासन कार्यालयमार्फत् १९ हजार ९४२ उजुरी दर्ता भएका छन् । तीमध्ये १२६ उजुरीउपर छलफल गरी पीडित र पीडकबीच मिलापत्र भएको छ भने १३९ उजुरीमाथि छलफल चलिरहेको छ । आयोगले उजुरीउपर छानबिन गरी सप्तरी र धनुषामा एक–एक वटा मुद्धा दर्ता गरेको छ । अहिले पक्राउ पर्ने मिटरब्याजीमा ४ महिला र ३ पुरुष छन् ।

सम्बन्धित समाचारहरु
डिजिटल दुर्व्यवहार र ...

सनातन हिन्दू धर्मकी साधिका राधिका दासीले आफूविरुद्ध सार्वजनिक भएका सामग्रीले आफ्नो व्यक्तिगत प्रतिष् ...

विराटनगरको आर्यान न् ...

विराटनगर । विराटनगरस्थित आर्यान न्यूरो अस्पताल र अस्पतालका वरिष्ठ न्यूरो सर्जन डा. पंकज राज नेप ...

इटहरीमा महिला फुटबल ...

इटहरी रंगशालामा आगामी असार १३ गतेदेखि कोशी प्रदेश स्तरीय महिला फुटबल प्रतियोगिता आयोजना हुने भएको छ। ...

मधेसमा तस्करविरुद्ध ...

रौतहट । रौतहट प्रहरीले भारततर्फ अवैध रूपमा निकासी गर्न लागिएको करिब ९० लाख रुपैयाँभन्दा बढी मूल्यको ...

हाम्रो बारेमा

शब्दचित्र मिडिया प्रा.लि.द्धारा प्रकाशित डिजिटल पत्रिका जुनकिरीखबर डटकम

सम्पर्क

  • ईटहरी-२ सुन्सरी/प्रदेश नं.१, कोशी, नेपाल
  • कम्पनी दर्ता नं.: २१२३८१/०७५/०७६
  • स्थायी लेखा नं.: ६०६८५२२४९
  • मोबाइल नं.: ९८४२०३४५४६
  • इमेल: [email protected]