• जेठ ३०, २०८०
  • जुनकिरी खबर

धरानमा हर्क साङपाङले श्रमदानबाट भित्र्याए पानी

alt

खानेपानीको चरम अभावका कारण केही दिनदेखि काकाकुल बनेको सुनसरीको धरान उपमहानगरपालिकामा जनश्रमदान गरेर खानेपानी भित्र्याइएको छ। धरानका मेयर हर्क साम्पाङले चलाएको श्रमदान अभियानबाट धरानमा नयाँ खानेपानी भित्र्याइएको हो।

धरान उपमहानगरपालिका-२० मा पर्ने कोकाहा खोलाको पानी सुनसरीको बराहक्षेत्र नगरपालिका हुँदै घना जंगल क्षेत्रबाट धरान ल्याइएको हो। ९८ दिनसम्म चलाइएको जनश्रमदानबाट मंगलबार धरानमा खानेपानी भित्राइएको मेयर साम्पाङले बताए। 

उनले  कोकाहा खोलाको पानी धरान ल्याइएसँगै धरानबासीलाई खानेपानी वितरणमा केही सहज हुने बताए। धरानमा पानी झारिएपश्चात पानी हेर्न धरानबासीहरूको भीड लागेको थियो। धेरै जसोले पानी झारेको स्थानमा नुहाएर खुसी व्यक्त गरेका थिए।

कोकाहा खोला खानेपानी श्रमदान अभियानका प्रोजेक्ट म्यानेजर दत्त लिम्बुले करिब ४० किलोमिटर लम्बाईको दूरीबाट ४ करोड ५० लाख लागतमा धरानमा खानेपानी भित्र्याइएको बताए। उनले कोकाहा खोलाको खानेपानी धरान ल्याउन देशविदेशमा रहेका नेपाली, धरानबासी र विभिन्न स्थानबाट श्रमदानमा आएका व्यक्तिहरूको सहयोगमा खानेपानी धरान ल्याइएको बताए। म्यानेजर लिम्बुले श्रमदानबाट धरान झारिएको खानेपानी ल्याउँदा १० लाखभन्दा बढी रकम तिर्न बाँकी रहेको बताए। 

धरानमा खानेपानीको चरम अभाव भइरहेका बेला कोकाहा खोलाबाट ल्याइएको पानीले धरानबासीले भोग्दै आएको खानेपानी समस्यालाई केही राहत मिल्ने अपेक्षा गरिएको दैनिक श्रमदानमा खटिएका एनसी राईले बताए। उनले एकसय ४० एमएमको पाइपबाट धरान ल्याएको खानेपानी एक सेकेण्डमा १२ लिटरसम्म उत्पादन हुने अपेक्षा गरिएको बताए।

धरान खानेपानी व्यवस्थापन बोर्डका प्रमुख इन्जिनियर राजु पोखरेलले कोकाहा खोलाबाट ल्याइएको खानेपानी बोर्डको ट्यांकीमा मिसाएर धरानबासीलाई वितरण गर्ने बताए। उनले कोकाहा खोलाबाट ल्याइएको खानेपानीको सबै प्रक्रिया पुर्‍याएर वितरण गरिने बताए। 

सम्बन्धित समाचारहरु
इटहरीका दुई विवादमा ...

प्रतिनिधिसभाको सोमबारको बैठकमा शून्य समयमा बोल्दै सुनसरी क्षेत्र नम्बर–३ का सांसद अशोक चौधरीले ...

इटहरीका निजी विद्याल ...

इटहरी । इटहरी उपमहानगरपालिका क्षेत्रका निजी विद्यालयहरूले नयाँ शैक्षिक सत्र सुरु भएसँगै मनोमानी रूपम ...

सुनसरीका यी पोल्ट्री ...

जिल्लाका विभिन्न स्थानमा बर्ड फ्लु देखिएपछि नियन्त्रणका लागि पहल गरिएको छ । जिल्ला प्रशासन कार्यालयल ...

इटहरीमा स्कुल बसको ठ ...

इटहरीमा बोर्डिङ स्कुलको बसले ठक्कर दिँदा एक पैदलयात्रीको मृत्यु भएको छ । इटहरी उपमहानगरपालिका– ...

हाम्रो बारेमा

शब्दचित्र मिडिया प्रा.लि.द्धारा प्रकाशित डिजिटल पत्रिका जुनकिरीखबर डटकम

सम्पर्क

  • ईटहरी-२ सुन्सरी/प्रदेश नं.१, कोशी, नेपाल
  • कम्पनी दर्ता नं.: २१२३८१/०७५/०७६
  • स्थायी लेखा नं.: ६०६८५२२४९
  • मोबाइल नं.: ९८४२०३४५४६
  • इमेल: [email protected]