• असार ३, २०८०
  • जुनकिरी खबर

इटहरीको फेव नेपालको कार्यालयबाट लाखौ चोरी

alt

इटहरीस्थित फेव नेपालको कार्यालयमा चोरी भएको छ । इटहरी ९ स्थित विराटनगर लाइनमा रहेको कार्यालयमा आइतबार बिहान १ बजेको समयमा लाखौँ मूल्यको सामान र नगद चोरी भएको हो । कार्यालयबाट ल्यापटप २ थान, ३२ इन्चको मनिटर १ थान, ड्रिल मेशिन ३ थान, कटर मेशिन १ थान, वल्डीङ वायर २ सेट र नगद ५५ हजार चोरी भएको फेव नेपालका प्रबन्धक वीरेन्द्र चौधरीले जानकारी दिए । 
 
चौधरीले आइतबार नै इलाका प्रहरी कार्यालय इटहरीमा चोरीमा संलग्न र चोरी भएका सामानको खोजतलासको लागि उजुरी दिएका छन् । इटहरीमा पछिल्लो समय चोरीका घटना दैनिक वृद्धि भइरहेको जनाइएको छ । चोरीका घटना बढेपछि रातको समयमा स्थानीयहरू त्रसित हुने गरेको अवस्था छ । फेव नेपालको कार्यालयमा डिजिटल विज्ञापनहरूको बोर्ड बनाउनुको साथै होडिङ विज्ञापनको एजेन्सी सम्पर्क कार्यालय अवस्थित छ । 

सम्बन्धित समाचारहरु
इटहरीका दुई विवादमा ...

प्रतिनिधिसभाको सोमबारको बैठकमा शून्य समयमा बोल्दै सुनसरी क्षेत्र नम्बर–३ का सांसद अशोक चौधरीले ...

इटहरीका निजी विद्याल ...

इटहरी । इटहरी उपमहानगरपालिका क्षेत्रका निजी विद्यालयहरूले नयाँ शैक्षिक सत्र सुरु भएसँगै मनोमानी रूपम ...

सुनसरीका यी पोल्ट्री ...

जिल्लाका विभिन्न स्थानमा बर्ड फ्लु देखिएपछि नियन्त्रणका लागि पहल गरिएको छ । जिल्ला प्रशासन कार्यालयल ...

इटहरीमा स्कुल बसको ठ ...

इटहरीमा बोर्डिङ स्कुलको बसले ठक्कर दिँदा एक पैदलयात्रीको मृत्यु भएको छ । इटहरी उपमहानगरपालिका– ...

हाम्रो बारेमा

शब्दचित्र मिडिया प्रा.लि.द्धारा प्रकाशित डिजिटल पत्रिका जुनकिरीखबर डटकम

सम्पर्क

  • ईटहरी-२ सुन्सरी/प्रदेश नं.१, कोशी, नेपाल
  • कम्पनी दर्ता नं.: २१२३८१/०७५/०७६
  • स्थायी लेखा नं.: ६०६८५२२४९
  • मोबाइल नं.: ९८४२०३४५४६
  • इमेल: [email protected]