• असार १०, २०८०
  • जुनकिरी खबर

धरान उपमहानगरको बजेट १ अर्ब ७१ करोड

alt

धरान उपमहानगरपालिकाले आर्थिक वर्ष २०८०/०८१ का लागि ससर्तसहित १ अर्ब ७१ करोड रुपैयाँको बजेट सार्वजनिक गरेको छ । प्राथमिकताका आधारमा क्रमशः पूर्वाधार विकास, पर्यटन, कृषि, शिक्षा स्वास्थ्य तथा सामाजिक विकास र विपद् व्यवस्थापनलाई बजेट विनियोजन गरिएको छ । यस्तै बजेटमा साविक गाविस क्षेत्रमा ‘खानेपानी’लाई प्राथमिकतामा राखिएको छ । साविक गाविसहरु विष्णुपादुका र पञ्चकन्याका लागि २५ लाख रुपैयाँ बजेट विनियोजन गरिएको छ । 

आन्तरिक राजस्वबाट ४२ करोड ७२ लाख ६ हजार, संघीय सरकार अनुदानबाट ९० करोड २ लाख, प्रदेश सरकार अनुदान ४ करोड १ लाख ९२ हजार, संघीय राजस्व बाँडफाँडबाट २० करोड १३ लाख १२ हजार, प्रदेश राजस्व बाँडफाँडबाट १४ करोड १० लाख ९० हजार प्राप्त हुने अनुमान गरिएको छ ।

ससर्त बजेटसहित उपप्रमुख अइन्द्रविक्रम वेघाले उपमहानगरपालिकाको १३ औं नगरसभामा सार्वजनिक गरेको उक्त बजेटमा सबैभन्दा बढी सामाजिक विकासमा ५४ करोड ८० लाख, पूर्वाधार विकासमा ४३ करोड ५१ लाख ५० हजार, क्रमागत आयोजनाका लागि ३२ करोड ४२ लाख ५० हजार, शिक्षासम्बन्धी ससर्त कार्यक्रमका लागि ४५ करोड ७३ लाख रुपैयाँ विनियोजन गरिएको छ ।

धरान उपमहानगरको आन्तरिक आय २५ करोड रुपैयाँ प्रक्षेपण गरिए पनि २४ करोड कट्न सकेको छैन । गत आर्थिक वर्षमा १ अर्ब ६८ करोडको बजेट विनियोजन गरिएको थियो ।

सम्बन्धित समाचारहरु
इटहरीका दुई विवादमा ...

प्रतिनिधिसभाको सोमबारको बैठकमा शून्य समयमा बोल्दै सुनसरी क्षेत्र नम्बर–३ का सांसद अशोक चौधरीले ...

इटहरीका निजी विद्याल ...

इटहरी । इटहरी उपमहानगरपालिका क्षेत्रका निजी विद्यालयहरूले नयाँ शैक्षिक सत्र सुरु भएसँगै मनोमानी रूपम ...

सुनसरीका यी पोल्ट्री ...

जिल्लाका विभिन्न स्थानमा बर्ड फ्लु देखिएपछि नियन्त्रणका लागि पहल गरिएको छ । जिल्ला प्रशासन कार्यालयल ...

इटहरीमा स्कुल बसको ठ ...

इटहरीमा बोर्डिङ स्कुलको बसले ठक्कर दिँदा एक पैदलयात्रीको मृत्यु भएको छ । इटहरी उपमहानगरपालिका– ...

हाम्रो बारेमा

शब्दचित्र मिडिया प्रा.लि.द्धारा प्रकाशित डिजिटल पत्रिका जुनकिरीखबर डटकम

सम्पर्क

  • ईटहरी-२ सुन्सरी/प्रदेश नं.१, कोशी, नेपाल
  • कम्पनी दर्ता नं.: २१२३८१/०७५/०७६
  • स्थायी लेखा नं.: ६०६८५२२४९
  • मोबाइल नं.: ९८४२०३४५४६
  • इमेल: [email protected]