• असार १०, २०८०
  • जुनकिरी खबर

इटहरी उपमहानगरले ल्यायो २ अर्ब ३५ करोडको बजेट

alt

इटहरी उपमहानगरपालिकाले आगामी आर्थिक वर्ष २०८०-८१ लागि २ अर्ब ३५ करोड ३१ लाख रुपैयाँको अनुमानित बजेट प्रस्तुत गरेको छ । आइतबार १३ औं नगरसभामा उपप्रमुख संगीता कुमारी चौधरीले चालु आर्थिक बर्षभन्दा १७ करोड बढाएर आगामी आर्थिक बर्षको बजेट प्रस्तुत गरेकी हुन् । चालु आर्थिक बर्षका लागि उपमहानगरले २ अर्ब १८ करोड ल्याएको थियो । 

   आगामी आर्थिक बर्षका लागि उपमहानगरले २० वटा वडामध्ये १० वटा वडालाई एक करोड ५५ लाख रुपैयाँको दरले बजेट उपलब्ध गराएको जनाएको छ । जसमा वडा नं. १, ३, ७, १०, ११, १३, १४, १५, १८ र १९ वडाका लागि उक्त रकम बराबरको सीमा तोकिएको उपप्रमु्ख चौधरीले बताइन । बाँकी दस वटा वडालाई एक करोड ७५ लाखका दरले बजेट सीमा तोकिएको छ ।

उपमहानगरले आगामी आर्थिक वर्षका लागि इटहरीको मुख्य चौकमा दुईवटा आकाशे पुल निर्माण गर्न बजेट छुट्याएको छ । इटहरी वडा नं ६ हुँदै मुख्य बजार क्षेत्र भएर बग्ने खेतीखोला र टेंग्रा खोलाको अवरोध हटाई रिभर करिडोर र ग्रीन बेल्ट (हरित पार्क) निर्माण गर्न पनि बजेट छुट्याएको छ । 

     नगरको एक मात्र सरकारी अस्पताल इटहरी अस्पतालमा आधुनिक स्वास्थ्य उपकरण एमआरआई, सिटि स्क्यान, भिडियो एक्सरे तथा आईसियु भेण्टिलेटर सहितको शल्यक्रिया कक्ष निर्माण गरि सेवा सञ्चालान गर्न बजेट छुट्याएको छ । शिक्षाको  भौतिक पुर्वाधार विकास साथै गुणस्तर अभिवृद्धि लाई ध्यानमा राखी इटहरी क्षेत्रका केही  सामुदायिक विद्यालयहरुलाई  नमुना विद्यालयका रुपमा रुपान्तरण  गर्न बजेट बिनियोजन गरिएको उल्लेख छ ।

सम्बन्धित समाचारहरु
इटहरीका दुई विवादमा ...

प्रतिनिधिसभाको सोमबारको बैठकमा शून्य समयमा बोल्दै सुनसरी क्षेत्र नम्बर–३ का सांसद अशोक चौधरीले ...

इटहरीका निजी विद्याल ...

इटहरी । इटहरी उपमहानगरपालिका क्षेत्रका निजी विद्यालयहरूले नयाँ शैक्षिक सत्र सुरु भएसँगै मनोमानी रूपम ...

सुनसरीका यी पोल्ट्री ...

जिल्लाका विभिन्न स्थानमा बर्ड फ्लु देखिएपछि नियन्त्रणका लागि पहल गरिएको छ । जिल्ला प्रशासन कार्यालयल ...

इटहरीमा स्कुल बसको ठ ...

इटहरीमा बोर्डिङ स्कुलको बसले ठक्कर दिँदा एक पैदलयात्रीको मृत्यु भएको छ । इटहरी उपमहानगरपालिका– ...

हाम्रो बारेमा

शब्दचित्र मिडिया प्रा.लि.द्धारा प्रकाशित डिजिटल पत्रिका जुनकिरीखबर डटकम

सम्पर्क

  • ईटहरी-२ सुन्सरी/प्रदेश नं.१, कोशी, नेपाल
  • कम्पनी दर्ता नं.: २१२३८१/०७५/०७६
  • स्थायी लेखा नं.: ६०६८५२२४९
  • मोबाइल नं.: ९८४२०३४५४६
  • इमेल: [email protected]