• साउन ३२, २०७६
  • जुनकिरी खबर

टेलिभिजनमा प्रहरीको प्रवेश निन्दनीय : महासंघ

alt

नेपाल पत्रकार महासंघले सञ्चारमाध्यमको संवेदनशीलता ख्याल नगरी प्रहरीले जबर्जस्ती रूपमा न्युज २४ टेलिभिजनको कार्यालयमा प्रवेश गरी पत्रकारलाई पक्राउ र दुर्व्यवहार गरेकोप्रति आफ्नो गम्भीर ध्यानाकर्षण भएको बताएको छ ।

प्रहरीले बिहीबार पत्रकार शालिकराम पुडासैनीको आत्महत्या प्रकरणमा सञ्चारकर्मीद्वय रवि लामिछाने र युवराज कँडेललाई पक्रिएको थियो ।


प्रहरीले आफ्नो सीमा, मर्यादा र अन्तर्राष्ट्रिय मापदण्ड मिचेर टेलिभिजनमा बलजफ्ती प्रवेश गरी पत्रकारमाथि अभद्र व्यवहार गरेको महासंघले शुक्रबार जारी गरेको विज्ञप्तिमा उल्लेख छ । बिनाजानकारी पत्रकारिताको सामान्य संवेदनशीलतालाई ख्याल नगरी टेलिभिजन कार्यालयमा प्रवेश गरेर प्रहरीले देखाएको शैली र दुर्व्यवहार आफैंमा दुःखद एवं निन्दनीय भएको महासंघको टिप्पणी छ । ‘प्रहरीको यो कार्य प्रेस स्वतन्त्रतामाथि हस्तक्षेपका साथै संविधानविपरीत भएको महासंघ ठान्दछ,’ विज्ञप्तिमा भनिएको छ ।

सम्बन्धित समाचारहरु
डिजिटल दुर्व्यवहार र ...

सनातन हिन्दू धर्मकी साधिका राधिका दासीले आफूविरुद्ध सार्वजनिक भएका सामग्रीले आफ्नो व्यक्तिगत प्रतिष् ...

विराटनगरको आर्यान न् ...

विराटनगर । विराटनगरस्थित आर्यान न्यूरो अस्पताल र अस्पतालका वरिष्ठ न्यूरो सर्जन डा. पंकज राज नेप ...

इटहरीमा महिला फुटबल ...

इटहरी रंगशालामा आगामी असार १३ गतेदेखि कोशी प्रदेश स्तरीय महिला फुटबल प्रतियोगिता आयोजना हुने भएको छ। ...

मधेसमा तस्करविरुद्ध ...

रौतहट । रौतहट प्रहरीले भारततर्फ अवैध रूपमा निकासी गर्न लागिएको करिब ९० लाख रुपैयाँभन्दा बढी मूल्यको ...

हाम्रो बारेमा

शब्दचित्र मिडिया प्रा.लि.द्धारा प्रकाशित डिजिटल पत्रिका जुनकिरीखबर डटकम

सम्पर्क

  • ईटहरी-२ सुन्सरी/प्रदेश नं.१, कोशी, नेपाल
  • कम्पनी दर्ता नं.: २१२३८१/०७५/०७६
  • स्थायी लेखा नं.: ६०६८५२२४९
  • मोबाइल नं.: ९८४२०३४५४६
  • इमेल: [email protected]