• असार १७, २०८०
  • जुनकिरी खबर

इटहरीको महिला बचत उत्कृष्ट सहकारीबाट सम्मानित

alt

१०१ औ अन्तर्राष्ट्रिय सहकारी दिवसको अवसरमा कोशी प्रदेशका उत्कृष्ट २ वटा सहकारी र एक जना व्यक्तित्वलाई सम्मान गरिएको छ । कोशी प्रदेश सरकारको उद्योग कृषि तथा सहकारी मन्त्रालय अन्तर्गतको प्रदेश सहकारी राजिस्ट्रार तथा प्रशिक्षण कार्यालय सुनसरीले विराटनगरमा औपचारिक कार्यक्रमको आयोजना गरी सम्मान गरेको हो ।
 
सम्मानित हुनेमा दमकमा रहेको मेची बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड र बचत  ऋणतर्फ महिला बचत तथा ऋण सहकारी संस्था इटहरी रहेका छन् । त्यसै गरी सहकारी अभियानमा लागेका व्यक्तित्वमा नेपाल बहुउद्देश्यीय सहकारी संस्था  झापाका निवर्तमान अध्यक्ष रामचन्द्र उप्रेती रहेको मन्त्रालयले जनाएको छ। 
 
‘आर्थिक वर्ष २०७९÷८० मा  नियमन क्षेत्रभित्रका विषयगत सहकारी सस्ताहरूमध्ये संस्थागत सुशासनका सूचकाङ्कका आधारमा मूल्याङ्कन संस्था छनौट गरिएको पुरस्कार छनौट समितिका संयोजक मनोज कार्कीले जानकारी दिए । 
 
त्यस्तै लामो समयदेखि सहकारी क्षेत्रमा क्रियाशील रही सहकारी अभियानलाई अगाडि बढाउन महत्त्वपूर्ण भूमिका खेलेका कारण उप्रेतीलाई सहकारी व्यक्तित्व सम्मानबाट सम्मानित गरिएको कार्कीले बताए । 
 
सम्मान पछि बोल्दै ऊप्रतिले सहकारीमा लाग्ने बेला पुरस्कार पाइन्छ भनेर नभई आफ्नो चाहना र जिम्मेवारी सम्झेर लागेको बताउँदै काम गर्दै जाँदा सरकारी निकायबाट  यसरी सम्मान पाउँदा खुसी लाग्नुका साथै अझै काम गर्न प्रेरणा मिलेको बताए । 
 
सहकारीको विषयमा बोल्दै उप्रेतीले सहकारी संस्था आफैमा समस्या नभई त्यसको नेतृत्व गर्ने व्यक्तिहरूमा समस्या देखिएका कारण पछिल्लो समयमा सहकारी संस्थाहरूमा समस्या देखिएको बताए । सहकारीलाई सुधारेर जानु पर्नेमा सहभागीले जोड दिएका थिए ।
 
उद्योग कृषि तथा सहकारी मन्त्रालयका सचिव लेखराज दाहालले सहकारीको बारेमा नकारात्मक प्रचारहरू धेरै भएको बताए ।  उनले सहकारीका बारेमा भएका नकारात्मक प्रचार चिर्नको लागि मन्त्रालयले पहल गर्ने बताए । 

सम्बन्धित समाचारहरु
इटहरीका दुई विवादमा ...

प्रतिनिधिसभाको सोमबारको बैठकमा शून्य समयमा बोल्दै सुनसरी क्षेत्र नम्बर–३ का सांसद अशोक चौधरीले ...

इटहरीका निजी विद्याल ...

इटहरी । इटहरी उपमहानगरपालिका क्षेत्रका निजी विद्यालयहरूले नयाँ शैक्षिक सत्र सुरु भएसँगै मनोमानी रूपम ...

सुनसरीका यी पोल्ट्री ...

जिल्लाका विभिन्न स्थानमा बर्ड फ्लु देखिएपछि नियन्त्रणका लागि पहल गरिएको छ । जिल्ला प्रशासन कार्यालयल ...

इटहरीमा स्कुल बसको ठ ...

इटहरीमा बोर्डिङ स्कुलको बसले ठक्कर दिँदा एक पैदलयात्रीको मृत्यु भएको छ । इटहरी उपमहानगरपालिका– ...

हाम्रो बारेमा

शब्दचित्र मिडिया प्रा.लि.द्धारा प्रकाशित डिजिटल पत्रिका जुनकिरीखबर डटकम

सम्पर्क

  • ईटहरी-२ सुन्सरी/प्रदेश नं.१, कोशी, नेपाल
  • कम्पनी दर्ता नं.: २१२३८१/०७५/०७६
  • स्थायी लेखा नं.: ६०६८५२२४९
  • मोबाइल नं.: ९८४२०३४५४६
  • इमेल: [email protected]