• असार २३, २०८०
  • जुनकिरी खबर

प्रेस युनियन सुनसरीले गरेको फुटसलमा इटहरी जेसीज विजयी

alt

प्रेस युनियन सुनसरीले आयोजना गरेको फुटसल प्रतियोगिता-२०८० मा इटहरी जेसीज टिम विजयी भएको छ । इटहरीको एसडी फुटसलमा आयोजित प्रतियोगितामा प्रेस सेन्टर सुनसरी टिमलाई ४ का विरुद्ध ८ गोलले पराजित गर्दै जेसीजले उपाधि हात पारेको हो।

फाइनल खेलमा जेसीजका गौरव भण्डारीले ७ र प्रज्वल बस्नेतले १ गोल गरे । सम्पूर्ण प्रतियोगितामा भण्डारीले मात्र १२ गोल गर्न सफल भए ।

६ टिमको सहभागिता रहेको खेलमा आयोजक प्रेस युनियन प्रेस सेन्टर सँग पराजित भएको थियो । प्रतियोगितामा विजयी इटहरी जेसीजले नगद १० हजार सहित ट्रफी, मेडल र प्रमाणपत्र पाएको छ ।

उपविजेता प्रेस सेन्टरले ५ हजार नगद ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेको हो । 'राष्ट्रका लागि खेलकुद स्वास्थ्यका लागि खेलकुद' भन्ने नारा सहित प्रदेश खेलकुद विकास बोर्डको सहयोगमा प्रतियोगिता आयोजना गरिएको हो । विभिन्न सामाजिक संस्थाहरू सँग भाइचारा अभिवृद्धि गराउने उद्देश्यले कार्यक्रम गरिएको युनियन जिल्ला अध्यक्ष ध्रुव ढकालले बताए ।

प्रमुख अतिथि जीना कार्कीले खेलकुद क्षेत्रको प्रवर्द्धनमा पत्रकारको भूमिका अझै धेरै आवश्यक पर्दै गएको बताइन् । खेलकुदमा पत्रकारको रुचिले समग्र खेल क्षेत्रको विकासमा योगदान पुग्ने उनको भनाइ छ ।

सम्बन्धित समाचारहरु
इटहरीका दुई विवादमा ...

प्रतिनिधिसभाको सोमबारको बैठकमा शून्य समयमा बोल्दै सुनसरी क्षेत्र नम्बर–३ का सांसद अशोक चौधरीले ...

इटहरीका निजी विद्याल ...

इटहरी । इटहरी उपमहानगरपालिका क्षेत्रका निजी विद्यालयहरूले नयाँ शैक्षिक सत्र सुरु भएसँगै मनोमानी रूपम ...

सुनसरीका यी पोल्ट्री ...

जिल्लाका विभिन्न स्थानमा बर्ड फ्लु देखिएपछि नियन्त्रणका लागि पहल गरिएको छ । जिल्ला प्रशासन कार्यालयल ...

इटहरीमा स्कुल बसको ठ ...

इटहरीमा बोर्डिङ स्कुलको बसले ठक्कर दिँदा एक पैदलयात्रीको मृत्यु भएको छ । इटहरी उपमहानगरपालिका– ...

हाम्रो बारेमा

शब्दचित्र मिडिया प्रा.लि.द्धारा प्रकाशित डिजिटल पत्रिका जुनकिरीखबर डटकम

सम्पर्क

  • ईटहरी-२ सुन्सरी/प्रदेश नं.१, कोशी, नेपाल
  • कम्पनी दर्ता नं.: २१२३८१/०७५/०७६
  • स्थायी लेखा नं.: ६०६८५२२४९
  • मोबाइल नं.: ९८४२०३४५४६
  • इमेल: [email protected]