• असार २६, २०८०
  • जुनकिरी खबर

इटहरीका होस्टलहरूमा उपमहानगरको अनुगमन

alt

इटहरीका एक निजी विद्यालयमा आइतबार राति सुतेकै स्थानमा एक जना विद्यार्थीको मृत्यु भएको घटनापछि इटहरी उपमहानगरपालिकाले विद्यालयको छात्रावास अनुगमन गरेको छ ।

इटहरीको सेकेन्डरी माध्यमिक विद्यालयको कक्षा ८ मा अध्ययनरत १४ वर्षीय जेनीस श्रेष्ठको मृत्यु भएपछि उपमहानगरपालिकाले इटहरी क्षेत्रका निजी तथा सामूदायिक विद्यालयको छात्रावास अनुगमन गरेको हो ।

इटहरीका नगरप्रमुख हेमकर्ण पौडेलको नेतृत्व मंगलबार (आज) पहिलो चरणमा होस्टलमै विद्यार्थीको मृत्यु भएको सेकेन्डरी माध्यमिक विद्यालयसहित पिसजोन आवासीय माध्यमिक विद्यालय, मोर्डन प्रिपेटरी माध्यमिक विद्यालय, ग्रिनपिस माध्यमिक विद्यालय र शहीद स्मृति आवासीय माध्यमिक विद्यालयमा अनुगमन गरिएको हो ।

अनुगमनका क्रममा सेकेन्डरी माध्यमिक विद्यालयको किचन र छात्रावास अनुगमन गरिएको थियो ।

जसमा किचन साँघुरो ठाउँमा पर्खाल र भित्तामा जालो लागेको अवस्था रहेको पाइयो भने होस्टेल पनि आवश्यक मापदण्ड पूरा नगरिकन सञ्चालन गरेको नगरप्रमुख पौडेलले बताए । उनले मापदण्ड पूरा नगरिकन सञ्चालन गरिएको सेकेन्डरी माध्यमिक विद्यालयको होस्टेल रुममा उपमहानगरपालिकाले तालाबन्दी गरेको जानकारी दिए ।

पौडेलका अनुसार सेकेन्डरी माध्यमिक विद्यालयले अब मापदण्ड पूरा गरेपछि मात्रै होस्टेल सञ्चालन गर्न दिइनेछ । सेकेन्डरी माध्यमिक विद्यालयमा मृत्यु भएका जेनीस श्रेष्ठको धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पोस्टमार्टम गरी आफन्तले शव बुझेर मंगलबार दाहसंस्कार गरेका छन् ।

 

यसैबीच, नगरप्रमुख पौडेल नेतृत्वको टोलीले पिसजोन, मोर्डन प्रिपेटरी, ग्रिनपिस र शहीद स्मृति आवासीय माध्यमिक विद्यालयको छात्रावास अनुगमन गर्दा केही सुधार गर्नुपर्ने विद्यालयमा सुझाव समेत दिइयो ।

अनुगमनका क्रममा सुधार गर्नुपर्ने पक्ष उपमहानगरपालिकाको शिक्षा शाखासँग समन्वय गर्ने बताइएको छ । यसैबीच पाँच वर्षभन्दा कम उमेरका बालबालिकाहरूलाई होस्टलमा राख्न नपाइने नियम समेत ल्याएको उपमहानगरले जनाएको छ ।

अनुगमनमा प्रमुख पौडेल, उपप्रमुख संगीता चौधरी, प्रमुख प्रशासकीय अधिकृत रामचरित्र मेहेता, शिक्षा शाखाका फाल्गुनी काफ्ले लगायतका टोलीले विद्यालयहरूमा अनुगमन गरेका थिए ।

सम्बन्धित समाचारहरु
इटहरीका दुई विवादमा ...

प्रतिनिधिसभाको सोमबारको बैठकमा शून्य समयमा बोल्दै सुनसरी क्षेत्र नम्बर–३ का सांसद अशोक चौधरीले ...

इटहरीका निजी विद्याल ...

इटहरी । इटहरी उपमहानगरपालिका क्षेत्रका निजी विद्यालयहरूले नयाँ शैक्षिक सत्र सुरु भएसँगै मनोमानी रूपम ...

सुनसरीका यी पोल्ट्री ...

जिल्लाका विभिन्न स्थानमा बर्ड फ्लु देखिएपछि नियन्त्रणका लागि पहल गरिएको छ । जिल्ला प्रशासन कार्यालयल ...

इटहरीमा स्कुल बसको ठ ...

इटहरीमा बोर्डिङ स्कुलको बसले ठक्कर दिँदा एक पैदलयात्रीको मृत्यु भएको छ । इटहरी उपमहानगरपालिका– ...

हाम्रो बारेमा

शब्दचित्र मिडिया प्रा.लि.द्धारा प्रकाशित डिजिटल पत्रिका जुनकिरीखबर डटकम

सम्पर्क

  • ईटहरी-२ सुन्सरी/प्रदेश नं.१, कोशी, नेपाल
  • कम्पनी दर्ता नं.: २१२३८१/०७५/०७६
  • स्थायी लेखा नं.: ६०६८५२२४९
  • मोबाइल नं.: ९८४२०३४५४६
  • इमेल: [email protected]