• असार ३१, २०८०
  • जुनकिरी खबर

इटहरीमा बनेका अवैध संरचना ३५ दिनभित्र नभत्काए डोजर चलाइने

alt

इटहरी उपमहानगरपालिकाले खोला- पैनी मिचेर बनाएको भौतिक संरचना ३५ दिनभित्र नभत्काए डोजर चलाउने भएको छ । खोला तथा पैनी मिचेर बनाइएका संरचना हटाउने अभियान सुरु गर्न लागेको उपमहानगरले पहिलो चरणमा इटहरीस्थित टेङ्ग्रा खोला, खेती खोला र सुकुमारी पैनीको क्षेत्राधिकार भित्रको जग्गा खाली गर्न आग्रह गरेको छ ।
नगरप्रमुख हेमकण पौडेलले ३५ दिनभित्र पनि अतिक्रमित संरचना नहटाए डोजर चलाएर संरचना हटाएरै छाड्ने बताए ।
 
टेङ्ग्रा खोला, खेती खोला र सुकुमारी पैनीको दुवै किनारबाट ६/६ मिटर छोडी भवन संरचना बनाउनुपर्ने प्रचलित कानुनलाई आधार मान्दै नगर प्रमुख पौडेलले उक्त खोला पैनीको दुवै तर्फ ६/६ मिटर नछोडी बनेका भवन संरचना ३५ दिनभित्र हटाउन सूचना जारी गरेका हुन ।
 
इटहरी उपमहानगरले दिएको समयभित्र पनि खोला पैनी मिचेर बनेका अनधिकृत संरचना नहटाए उपमहानगरपालिका आफैले हटाउने र लागेको खर्च समेत सम्बन्धित व्यक्तिबाट असुल उपर गर्ने जनाएको छ ।

सम्बन्धित समाचारहरु
इटहरीका दुई विवादमा ...

प्रतिनिधिसभाको सोमबारको बैठकमा शून्य समयमा बोल्दै सुनसरी क्षेत्र नम्बर–३ का सांसद अशोक चौधरीले ...

इटहरीका निजी विद्याल ...

इटहरी । इटहरी उपमहानगरपालिका क्षेत्रका निजी विद्यालयहरूले नयाँ शैक्षिक सत्र सुरु भएसँगै मनोमानी रूपम ...

सुनसरीका यी पोल्ट्री ...

जिल्लाका विभिन्न स्थानमा बर्ड फ्लु देखिएपछि नियन्त्रणका लागि पहल गरिएको छ । जिल्ला प्रशासन कार्यालयल ...

इटहरीमा स्कुल बसको ठ ...

इटहरीमा बोर्डिङ स्कुलको बसले ठक्कर दिँदा एक पैदलयात्रीको मृत्यु भएको छ । इटहरी उपमहानगरपालिका– ...

हाम्रो बारेमा

शब्दचित्र मिडिया प्रा.लि.द्धारा प्रकाशित डिजिटल पत्रिका जुनकिरीखबर डटकम

सम्पर्क

  • ईटहरी-२ सुन्सरी/प्रदेश नं.१, कोशी, नेपाल
  • कम्पनी दर्ता नं.: २१२३८१/०७५/०७६
  • स्थायी लेखा नं.: ६०६८५२२४९
  • मोबाइल नं.: ९८४२०३४५४६
  • इमेल: [email protected]