• साउन २, २०८०
  • जुनकिरी खबर

युवतीहरूको दुई समूहबीच भएको कुटपिटमा संलग्न थप दुई पक्राउ

alt

सुनसरीको बराहक्षेत्र नगरपालिका ९ राजाबासमा युवतीहरूको दुई समूहबीच भएको कुटपिटमा संलग्न थप दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा बराहक्षेत्र वडा नम्बर ८ सैनिक टोलकी २२ वर्षीया विनीता उरावँ र १८ वर्षीया दुर्गा राई रहेको इलाका प्रहरी कार्यालय महेन्द्रनगरका प्रहरी निरीक्षक राजेश दत्तले जानकारी दिए ।

प्रहरी निरीक्षक दत्तकाअनुसार प्रहरीले उरावँ र राईलाई इटहरीस्थित बसपार्क क्षेत्रबाट पक्राउ गरेको हो । सामाजिक सञ्जालमा भिडियो भाइरल भएपछि प्रहरीले उनीहरूमाथि खोजी कार्य बढाएसँगै बराहक्षेत्रबाट भागेर मोरङको पथरीसनश्चिरे पुगेका उनीहरूले दुई दिन पथरीशनश्चिरेमा बिताएको थिए ।

पथरी पुगेका जानकारी पाएपछि प्रहरी उनीहरू बसको स्थानमा पुगेकोमा त्यहाँबाट पनि हिँडेको भन्ने जानकारी पाएपछि थप प्रहरी परिचालन गरी खोजी कार्य गर्दा इटहरी बसपार्क क्षेत्रबाट नियन्त्रणमा लिन सफल भएको दत्तले बताए ।

उरावँ समूहका १९ वर्षीय सन्जिता राई, निहाङ राईको खोजी भइरहेको प्रहरीले जनाएको छ ।

उनीहरूको समूहले आफ्नो ब्वाइफ्रेन्डसँग बोलेको भन्दै बराहक्षेत्र ८ की १७ वर्षीया सन्ध्या परियार, १६ वर्षीय नवीना विश्वकर्मा र १९ वर्षीय मनीषा राईलाई निर्घात कुटपिट गरेको भिडियो सामाजिक सञ्जालमा भाइरल बनेको थियो ।

पक्राउ परेकाहरूमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

सम्बन्धित समाचारहरु
इटहरीका दुई विवादमा ...

प्रतिनिधिसभाको सोमबारको बैठकमा शून्य समयमा बोल्दै सुनसरी क्षेत्र नम्बर–३ का सांसद अशोक चौधरीले ...

इटहरीका निजी विद्याल ...

इटहरी । इटहरी उपमहानगरपालिका क्षेत्रका निजी विद्यालयहरूले नयाँ शैक्षिक सत्र सुरु भएसँगै मनोमानी रूपम ...

सुनसरीका यी पोल्ट्री ...

जिल्लाका विभिन्न स्थानमा बर्ड फ्लु देखिएपछि नियन्त्रणका लागि पहल गरिएको छ । जिल्ला प्रशासन कार्यालयल ...

इटहरीमा स्कुल बसको ठ ...

इटहरीमा बोर्डिङ स्कुलको बसले ठक्कर दिँदा एक पैदलयात्रीको मृत्यु भएको छ । इटहरी उपमहानगरपालिका– ...

हाम्रो बारेमा

शब्दचित्र मिडिया प्रा.लि.द्धारा प्रकाशित डिजिटल पत्रिका जुनकिरीखबर डटकम

सम्पर्क

  • ईटहरी-२ सुन्सरी/प्रदेश नं.१, कोशी, नेपाल
  • कम्पनी दर्ता नं.: २१२३८१/०७५/०७६
  • स्थायी लेखा नं.: ६०६८५२२४९
  • मोबाइल नं.: ९८४२०३४५४६
  • इमेल: [email protected]