• साउन ३, २०८०
  • जुनकिरी खबर

वराहक्षेत्र नगरपालिकाले नगरवासीको निःशुल्क डेङ्गु परीक्षण गर्दै

alt

वराहक्षेत्र नगर अस्पताल मार्फत नगरपालिकाले डेङ्गु रोगको परीक्षण निःशुल्क गर्ने भएको छ । निजी क्लिनिक तथा स्वास्थ्य संस्थाहरूले डेङ्गु परीक्षणको १५०० देखि २००० सम्म लिइरहेको अवस्थामा नगरपालिकाले नगरवासीको निःशुल्क परीक्षण गरिदिने भएको हो।
 
वराहक्षेत्र नगरपालिकामा डेङ्गु रोगका बिरामीहरू फेला परिरहेको र हाल केही बिरामीहरू अस्पतालमा उपचाररत रहेका छन् । तीव्र रूपमा बढी रहेको बिरामीको चाप र आवश्यकतालाई मध्यनजर गर्दै नगर अस्पतालले नगर भित्रका बिरामी बिशेषगरी अति विपन्न तथा गरिब, श्रमिक, मजदुरलाई पहिलो प्राथमिकता राखी आवश्यक बिरामीहरूलाई डेङ्गु परीक्षण निःशुल्क गरिने सूचना जारी गरी जानकारी गराएको छ ।
 
डेङगु नियन्त्रणका लागि स्प्रे गर्न थालिएको छ। लामखुट्टे नष्ट गर्न विषादी स्प्रे मार्फत लगाउने कार्यमा वराहक्षेत्र नगरपालिकाका मेयर आफै लागि परेका छन् ।

सम्बन्धित समाचारहरु
इटहरीका दुई विवादमा ...

प्रतिनिधिसभाको सोमबारको बैठकमा शून्य समयमा बोल्दै सुनसरी क्षेत्र नम्बर–३ का सांसद अशोक चौधरीले ...

इटहरीका निजी विद्याल ...

इटहरी । इटहरी उपमहानगरपालिका क्षेत्रका निजी विद्यालयहरूले नयाँ शैक्षिक सत्र सुरु भएसँगै मनोमानी रूपम ...

सुनसरीका यी पोल्ट्री ...

जिल्लाका विभिन्न स्थानमा बर्ड फ्लु देखिएपछि नियन्त्रणका लागि पहल गरिएको छ । जिल्ला प्रशासन कार्यालयल ...

इटहरीमा स्कुल बसको ठ ...

इटहरीमा बोर्डिङ स्कुलको बसले ठक्कर दिँदा एक पैदलयात्रीको मृत्यु भएको छ । इटहरी उपमहानगरपालिका– ...

हाम्रो बारेमा

शब्दचित्र मिडिया प्रा.लि.द्धारा प्रकाशित डिजिटल पत्रिका जुनकिरीखबर डटकम

सम्पर्क

  • ईटहरी-२ सुन्सरी/प्रदेश नं.१, कोशी, नेपाल
  • कम्पनी दर्ता नं.: २१२३८१/०७५/०७६
  • स्थायी लेखा नं.: ६०६८५२२४९
  • मोबाइल नं.: ९८४२०३४५४६
  • इमेल: [email protected]