• साउन ७, २०८०
  • जुनकिरी खबर

कोसी प्रदेशमा लम्पी स्किन भयावह

alt

पशु चौपायामा लाग्ने संक्रामक रोग लम्पी स्किनले कोसी प्रदेशमा भयावह रूप लिएको छ। किसानका गोठ नै रित्तिने गरी संक्रमणले महामारीको रूप लिँदा पनि नियन्त्रणका लागि सरकार उदासिन देखिएको छ। 

रोग नियन्त्रण गर्न तीनै तहका सरकार असफल देखिएका छन्। लम्पी स्किनले पशु संक्रमित हुँदा कोसी प्रदेशमा हजारौं किसान प्रभावित बनेका छन्। 

कोसीमा हालसम्म २ लाख १४ हजार ६ सय ४५ भन्दा बढी पशु संक्रमित भएका छन्। पशुपन्छी तथा मत्स्य विकास निर्देशनालय विराटनगरका अनुसार हालसम्म २ लाख १२ हजार ८ सय ५७ गाई गोरु र १ लाख ७ हजार ८८ भन्दा धेरै भैंसी राँगामा यसको संक्रमण पुष्टि भइसकेको छ। लम्पी स्किनकै कारण ४ हजार ८ सय १४ वटाभन्दा बढी पशु मरिसकेका छन्। 

मृत्यु हुनेमा ४ हजार ७ सय ५७ गाई गोरु र ६२ वटा राँगा छन्। यो असार अन्तिमसम्मको तथ्यांक हो। प्रदेशमा हालसम्म १ लाख ३ हजार ७ सय ७१ पशुलाई संक्रमणविरुद्धको खोप लगाइएको छ। संखुवासभा, तेह्रथुम र भोजपुरमा खोप कार्यक्रम पुग्न सकेको छैन। खोप पुगेका स्थानमा पनि पर्याप्त छैन। प्रदेशका १४ वटै जिल्ला लम्पी स्किनबाट प्रभावित छन्। 

प्रदेशभरि हालसम्म २ लाख १४ हजार ६ सय ४५ पशु संक्रमित हुँदा १ लाख ३ हजार ७ सय ७१ पशुलाई मात्रै खोप लगाइएको हो। संक्रमितमध्ये आधा पनि पशुले खोप पाएका छैनन्। खोपको उपलब्धताको अवस्थाले पनि संक्रमण नियन्त्रण प्रभावकारी हुन नसकेको देखाउँछ। 

पाँचथरमा सबैभन्दा धेरै पशु संक्रमित भएका छन्। ३२ हजार ९ सय ६२ पशु संक्रमित हुँदा पाँचथरमा ३ सय ७६ वटाको मृत्यु भइसकेको छ। संक्रमणका कारण मृत्यु हुने पशुको संख्या इलाममा धेरै छ। इलाममा हालसम्म १ हजार ३ सय ८२ पशु मरिसकेका छन्। ३१ हजार ३ सय ४९ वटा पशुमा संक्रमण पुष्टि भइसकेको छ। 

धनकुटामा २१ हजार ५ सय ५८, झापामा २० हजार ९ सय २५, उदयपुरमा २० हजार ८ सय ९९, मोरङमा १९ हजार ८ सय ६९, सुनसरीमा १६ हजार २ सय ४४, तेह्रथुममा १५ हजार ९ सय ८६, संखुवासभा १३ हजार, खोटाङमा १० हजार ३ सय २४, ताप्लेजुङमा ६ हजार ९ सय २, भोजपुरमा ६ हजार ६ सय १९, ओखलढुंगामा ६ हजार ३ सय ३ र सोलुखुम्बुमा ७ सय ५ वटा पशुमा संक्रमण यकिन भइसकेको छ।  

संक्रमणले झापामा ५ सय ४, मोरङमा ४ सय २९, उदयपुरमा ३ सय ७६, सुनसरीमा ३ सय ४३, खोटाङमा २ सय ७९, धनकुटामा २ सय ७५, संखुवासभामा २ सय ७२, ओखलढुंगामा २ सय २, तेह्रथुममा १ सय ४४, ताप्लेजुङमा १ सय २५, भोजपुरमा ७२ र सोलुखुम्बुमा ३५ पशु मरिसकेका छन्। 

गोठका गाईवस्तु मरेर किसानले ठूलो क्षति बेहोर्नुपर्ने अवस्था आइरहँदा तीनै तहका सरकार संक्रमण नियन्त्रणमा उदासिन देखिएका छन्। कृषकको गोठ नै रित्तिने अवस्था आउँदा पनि सरकारमा एकअर्काबीच प्रभावकारी समन्वयको अभाव देखिएको छ। पीडाले किसान छटपटाइरहँदा सरकार रमिते बनेको छ। 

सम्बन्धित समाचारहरु
डिजिटल दुर्व्यवहार र ...

सनातन हिन्दू धर्मकी साधिका राधिका दासीले आफूविरुद्ध सार्वजनिक भएका सामग्रीले आफ्नो व्यक्तिगत प्रतिष् ...

विराटनगरको आर्यान न् ...

विराटनगर । विराटनगरस्थित आर्यान न्यूरो अस्पताल र अस्पतालका वरिष्ठ न्यूरो सर्जन डा. पंकज राज नेप ...

इटहरीमा महिला फुटबल ...

इटहरी रंगशालामा आगामी असार १३ गतेदेखि कोशी प्रदेश स्तरीय महिला फुटबल प्रतियोगिता आयोजना हुने भएको छ। ...

मधेसमा तस्करविरुद्ध ...

रौतहट । रौतहट प्रहरीले भारततर्फ अवैध रूपमा निकासी गर्न लागिएको करिब ९० लाख रुपैयाँभन्दा बढी मूल्यको ...

हाम्रो बारेमा

शब्दचित्र मिडिया प्रा.लि.द्धारा प्रकाशित डिजिटल पत्रिका जुनकिरीखबर डटकम

सम्पर्क

  • ईटहरी-२ सुन्सरी/प्रदेश नं.१, कोशी, नेपाल
  • कम्पनी दर्ता नं.: २१२३८१/०७५/०७६
  • स्थायी लेखा नं.: ६०६८५२२४९
  • मोबाइल नं.: ९८४२०३४५४६
  • इमेल: [email protected]