चितवनमा ‘स्वतन्त्र युवा समूह’ले मृतक पत्रकार शालिकराम पुडासैनीको पक्षमा प्रदर्शन गरेकाे छ। प्रहरी हिरासतमा रहेका रवि लामिछानेका समर्थकहरुले प्रहरीको अनुसन्धानविरुद्ध प्रदर्शन गरेपछि उक्त समूहले अनुसन्धान प्रभावित नगर्न आग्रह गर्दै प्रदर्शन गरेकाे हाे।
पुडासैनीले गरेको आत्महत्याको निष्पक्ष छानविन गर्न माग गर्दै शनिबार बिहान चौबिसकोठीमा प्रदर्शन भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ।‘अपराधलाई राजनीतिकरण नगरौं’ निष्पक्ष छानविन गर्न देऊ’, ‘पुडासैनीले न्याय पाउनैपर्छ’ ‘दोषीलाई कारबाही होस्’, ‘एनजीओको हस्तक्षेप बन्द गर’ लगाएतका नारा लेखिएका प्लेकार्ड बोकेर ‘स्वतन्त्र युवा समूह’ले प्रदर्शन गरेको हो।
Copyright © 2019 / 2026 - Junkirikhabar.com All rights reserved