• साउन १९, २०८०
  • जुनकिरी खबर

इटहरी उपमहानगरले डेंगी रोकथाम र नियन्त्रणको अभियान सुरु

alt

इटहरी उपमहानगरपालिकाले डेंगी रोकथाम र नियन्त्रणको अभियान सुरु गरेको छ । उपमहानगरले डेंगी सार्ने लामखुट्टेको लार्भा खोज्ने र नष्ट गर्ने अभियान शुक्रवारदेखि सुरु गरेको हो । मेयर हेमकणर् पौडेलले सबै वडाबाट अभियान सुरु गरिएको जानकारी दिए ।

२० वटै वडाबाट बिहान ७ देखि ९ बजेसम्म खोज्ने र नष्ट गर्ने अभियान एकै साथ सञ्चालन गरिएको छ । प्रतिकूल मौसमका बाबजुद पनि डेंगीको लार्भा खोज्ने र नष्ट गर्ने अभियान सञ्चालन गरिएको इटहरी मेयर पौडेलले जनाए ।

टायर, ड्रम, गमला, फ्रिज, कुलर सहित लामो समयदेखि जमेको पानीमा डेंगु सार्ने लामखुट्टे बस्ने गर्दछ ।

डेंगु नियन्त्रणको सबैभन्दा प्रभावकारी उपाय घरभित्र र वरिपरि पानी जम्न नदिनु नै रहेकोले सचेतना मूलक अभियानलाई व्यापक बनाइएको मेयर पौडेलले जनाए । यसअघि उपमहानगरले जनप्रतिनिधि, स्वास्थ्यकर्मी, सफाइ शाखाका कर्मचारीसहित विभिन्न सङ्घसंस्थाका प्रतिनिधिहरूलाई राखेर अभिमुखीकरण कार्यक्रम सञ्चालन गरिसकेको छ ।

उपमहानगरले डेंगी रोकथाम कालागि उपमहानगरका २० वटै वडामा खोज र नष्ट गर अभियानमा सबैलाई सहभागी हुन आग्रह पनि गरिएको छ । उपमहानगरले इटहरीवासीका लागि परीक्षण खर्च र अस्पताल खर्च निःशुल्क गरिदिने घोषणा गरिसकेको छ ।

सम्बन्धित समाचारहरु
इटहरीका दुई विवादमा ...

प्रतिनिधिसभाको सोमबारको बैठकमा शून्य समयमा बोल्दै सुनसरी क्षेत्र नम्बर–३ का सांसद अशोक चौधरीले ...

इटहरीका निजी विद्याल ...

इटहरी । इटहरी उपमहानगरपालिका क्षेत्रका निजी विद्यालयहरूले नयाँ शैक्षिक सत्र सुरु भएसँगै मनोमानी रूपम ...

सुनसरीका यी पोल्ट्री ...

जिल्लाका विभिन्न स्थानमा बर्ड फ्लु देखिएपछि नियन्त्रणका लागि पहल गरिएको छ । जिल्ला प्रशासन कार्यालयल ...

इटहरीमा स्कुल बसको ठ ...

इटहरीमा बोर्डिङ स्कुलको बसले ठक्कर दिँदा एक पैदलयात्रीको मृत्यु भएको छ । इटहरी उपमहानगरपालिका– ...

हाम्रो बारेमा

शब्दचित्र मिडिया प्रा.लि.द्धारा प्रकाशित डिजिटल पत्रिका जुनकिरीखबर डटकम

सम्पर्क

  • ईटहरी-२ सुन्सरी/प्रदेश नं.१, कोशी, नेपाल
  • कम्पनी दर्ता नं.: २१२३८१/०७५/०७६
  • स्थायी लेखा नं.: ६०६८५२२४९
  • मोबाइल नं.: ९८४२०३४५४६
  • इमेल: [email protected]