• साउन २१, २०८०
  • जुनकिरी खबर

एकेएम ग्रुपमा इटहरी उपमहानगरको छापा

alt

मासिक ६० हजार भन्दा बढी तल दिने भन्दै नेटवर्कीङ्ग मार्केटिङमा लगाउने इटहरी स्थित एकेएम ग्रुप अफ कम्पनीमा इटहरी उप महानगरले छापा मारेको छ । सामाजिक सञ्जालहरूमा आकर्षक तलब सुविधा देखाउने इटहरीको एकेएम ग्रुपमा इटहरी उपमहानगरपालिकाले छापा मारेको हो  । 
 
कम्पनीले  पूर्वी पहाडी जिल्लाहरूबाट पढ्न आएका युवा युवतीहरूलाई लक्षित गरेर विज्ञापन गर्ने गरेको र मार्केटिङ सामान बेच्न पठाउने गरेको पाइएको छ । कर्मचारीहरूलाई ६० हजार सम्म तलब भन्दै विज्ञापन छ्यापछ्याप्ती विज्ञापन देखिन थाले पछि छापा मारिएको इटहरीका मेयर हेम कर्ण पौडेलले बताए  । 
 
पछिल्लो समय ठगीका नयाँ–नयाँ शैली देखा परेका छन् उनले भने,सर्वसाधारण जुनसुकै बहानामा ठगिइन सक्ने भन्दै आफूहरूले कार्यालयमै गएर छापा मारेको पौडेलले । 
केही दिन देखि सामाजिक सञ्जालमा ६० हजार सम्म तलब दिने भन्दै विज्ञापन आइरहेको कारण हामी त्यहाँ पुगेका हौ मेयर पौडेलले बताए । 
 
छापा मार्दा ग्रुपले  सामान बेच्नका लागि उनीहरूले सर्वसाधरणहरुलाई झुटो विज्ञापन गरेको पाइयो । यस्ता जब सेन्टरले विभिन्न सामाजिक सञ्जाल तथा टिकटकमा पनि अडियो, भिडियो तथा टेक्स्ट मै आकर्षक विज्ञापन बजाउने र ठगी गर्न सक्ने भन्दै सतर्कता अपनाउन मेयर पौडेलको आग्रह थियो । 
 
ठुलो भवनमा ग्रुपले मार्केटिङको काम गर्ने र कमिसनको लागि कर्मचारीहरूले विज्ञापन गरेको स्वीकार गदै आगामी दिनमा यस्तो नहुने बताएको थियो । उपमहानगरले भने पालिकामा उपस्थित हुन निर्देशन दिएको छ । 

सम्बन्धित समाचारहरु
इटहरीका दुई विवादमा ...

प्रतिनिधिसभाको सोमबारको बैठकमा शून्य समयमा बोल्दै सुनसरी क्षेत्र नम्बर–३ का सांसद अशोक चौधरीले ...

इटहरीका निजी विद्याल ...

इटहरी । इटहरी उपमहानगरपालिका क्षेत्रका निजी विद्यालयहरूले नयाँ शैक्षिक सत्र सुरु भएसँगै मनोमानी रूपम ...

सुनसरीका यी पोल्ट्री ...

जिल्लाका विभिन्न स्थानमा बर्ड फ्लु देखिएपछि नियन्त्रणका लागि पहल गरिएको छ । जिल्ला प्रशासन कार्यालयल ...

इटहरीमा स्कुल बसको ठ ...

इटहरीमा बोर्डिङ स्कुलको बसले ठक्कर दिँदा एक पैदलयात्रीको मृत्यु भएको छ । इटहरी उपमहानगरपालिका– ...

हाम्रो बारेमा

शब्दचित्र मिडिया प्रा.लि.द्धारा प्रकाशित डिजिटल पत्रिका जुनकिरीखबर डटकम

सम्पर्क

  • ईटहरी-२ सुन्सरी/प्रदेश नं.१, कोशी, नेपाल
  • कम्पनी दर्ता नं.: २१२३८१/०७५/०७६
  • स्थायी लेखा नं.: ६०६८५२२४९
  • मोबाइल नं.: ९८४२०३४५४६
  • इमेल: [email protected]