• साउन २५, २०८०
  • जुनकिरी खबर

नेटवर्किङ धन्दा चलाउने इटहरीका ३ वटा कम्पनीमा ताला

alt

इटहरीमा अबैध रूपमा नेटवर्किङ धन्दा चलाउने गरेको आरोपमा इटहरीका ३ वटा कम्पनीमा इटहरी उपमहानगरपालिकाले ताला लगाएको छ ।

इटहरीलाई केन्द्रबिन्दु बनाएर अबैध रूपमा सञ्चालनमा ल्याएको कम्पनीहरूमा उपमहानगरले अनुगमनको क्रममा तालाबन्दी गरेको हो । इटहरीका मेयर हेमकर्ण पौडेलले अबैध रूपमा नेटवर्किङ धन्दा गर्दै सर्वसाधारणलाई ठगी गर्ने गरेको भन्दै कम्पनीमा तालाबन्दी गरेर कम्पनीका सञ्चालकलाई तीन दिन भित्र उपमहानगरमा उपस्थित हुन निर्देशन दिएको बताए ।

नेटवर्किङको नाममा ठगी धन्दा सुरु भएको भन्दै उजुरी परेको कारण अहिले उपमहानगरले अभियानकै रूपमा अनुगमन गरिरहेको छ । कम्पनीमा आबद्ध व्यक्तिहरूले आफ्नो सम्पर्कमा रहेका र नयाँ चिनजानसमेत गरी उनीहरूलाई सामान्य व्यापार व्यवसाय र जागिरहरूको तुलनामा अथाह पैसा कमाउन सकिने आश्वासन बाँड्ने गरेको पाइयो मेयर हेमकर्ण पौडेलले भने ।

इटहरीमा रहेको ग्लोबल ओरेन्स, हेल्दी लिभिङ नेपाल र रोयल एसोसेट नामक कम्पनीमा तालाबन्दी गरिएको हो । ऐन, नियमावलीमा नेटवर्किङ र पिरामिड शैलीको व्यापार व्यवसाय गर्न नपाइने उल्लेख भए पनि कम्पनीहरूले गरिरहेको पाइएको हो ।

जटिल रोग निको पारिने भन्दै सयौँ सर्वसाधारणबाट आफ्ना उत्पादन उपलब्ध गराउ‘दै रकम लिने गरिएको छ । अझ सदस्य बनाएबापत औषधी छुट मूल्यमा पाउने तथा बोनस दिलाइने भन्दै सर्वसाधारणसँग लाखौँको कारोबार गर्दै आएको छ ।

गैरकानुनी रूपमा बनाईएका सदस्यहरूलाई कम्पनीले कमाएको मुनाफा वितरणमा बढी  भए बढी कमाइने र कम भए थोरै कमाइने भनेर सिकाईन्छ। त्यहीअनुसार बढी पैसा असुल्ने अरु विभिन्न नामका योजना कम्पनीले बनाएको भन्दै अनुगमनको क्रममा बन्द गरिएको हो ।

सम्बन्धित समाचारहरु
इटहरीका दुई विवादमा ...

प्रतिनिधिसभाको सोमबारको बैठकमा शून्य समयमा बोल्दै सुनसरी क्षेत्र नम्बर–३ का सांसद अशोक चौधरीले ...

इटहरीका निजी विद्याल ...

इटहरी । इटहरी उपमहानगरपालिका क्षेत्रका निजी विद्यालयहरूले नयाँ शैक्षिक सत्र सुरु भएसँगै मनोमानी रूपम ...

सुनसरीका यी पोल्ट्री ...

जिल्लाका विभिन्न स्थानमा बर्ड फ्लु देखिएपछि नियन्त्रणका लागि पहल गरिएको छ । जिल्ला प्रशासन कार्यालयल ...

इटहरीमा स्कुल बसको ठ ...

इटहरीमा बोर्डिङ स्कुलको बसले ठक्कर दिँदा एक पैदलयात्रीको मृत्यु भएको छ । इटहरी उपमहानगरपालिका– ...

हाम्रो बारेमा

शब्दचित्र मिडिया प्रा.लि.द्धारा प्रकाशित डिजिटल पत्रिका जुनकिरीखबर डटकम

सम्पर्क

  • ईटहरी-२ सुन्सरी/प्रदेश नं.१, कोशी, नेपाल
  • कम्पनी दर्ता नं.: २१२३८१/०७५/०७६
  • स्थायी लेखा नं.: ६०६८५२२४९
  • मोबाइल नं.: ९८४२०३४५४६
  • इमेल: [email protected]