• भदौ १६, २०८०
  • जुनकिरी खबर

इटहरी मुख्य राजमार्गमा सिटी सफारी चल्न नदिने

alt

इटहरी उपमहानगरपालिकाले मुख्य राजमार्ग क्षेत्रमा तीन पाङ्ग्रे ई–रिक्सा चलाउन नदिने भएको छ । 
 इटहरीमा सिटी सफारीका कारण दुर्घटना बढेको भन्दै मुख्य राजमार्गमा भोलि(आइतबार) देखि तीन पाङ्ग्रे ई–रिक्सा चलाउन रोक लगाएको छ । 
 
इटहरी उपमहानगरपालिकामा दर्ता भएका सफारी मात्र उपमहानगरपालिका भित्र चलाउन दिने पनि निर्णय भएको छ । 
 
बाटोमा जाम गरेको र दुर्घटना बढाएको भन्दै इटहरीका मुख्य राजमार्गमा सिटी सफारी गुड्न नदिने निर्णय गरिएको हो । इलाका प्रहरी कार्यालय इटहरी, ट्राफिक प्रहरी कार्यालय, इटहरी उपमहानगरपालिका र सफारी सञ्चालकका नेतृत्व बिच सहमति गरेर निर्णय भएको हो । 
 
अब देखि सिटी सफारीहरू मुख्य सडकमा यात्रुलाई कुरेर बस्न र जथाभाबी यात्रु चढाउन तथा ओराल्न रोक लगाइएको इटहरी उपमहानगरपालिकाका मेयर  हेमकर्ण पौडेलले बताए । 
 
शुक्रवार  इटहरी उपमहानगरपालिकामा बसेको बैठकले इटहरीको मुख्य चौक र राजमार्ग क्षेत्रमा अन्य सवारीसाधन गुड्न पनि असहज भएकोमा सफारीले थप असहज पारेको  भन्दै सफारीलाई मुख्य सडकमा निषेध गरिएको ट्राफिक प्रहरी कार्यालयका डिएसपी मोहन विक्रम दाहालले जानकारी दिए ।
 
अहिले उपमहानगरपालिकाले नै सफारी दर्ता  गर्दै आएको छ । अहिले ई–रिक्सा सवारी कार्यविधि अनुसार मात्र दर्ता गरी चलाउन पाइने भएको छ । अब इटहरीमा अन्य पालिकाको सफारीहरू यात्रु पर्खेर बस्न पाउने छैनन् । 

सम्बन्धित समाचारहरु
डिजिटल दुर्व्यवहार र ...

सनातन हिन्दू धर्मकी साधिका राधिका दासीले आफूविरुद्ध सार्वजनिक भएका सामग्रीले आफ्नो व्यक्तिगत प्रतिष् ...

विराटनगरको आर्यान न् ...

विराटनगर । विराटनगरस्थित आर्यान न्यूरो अस्पताल र अस्पतालका वरिष्ठ न्यूरो सर्जन डा. पंकज राज नेप ...

इटहरीमा महिला फुटबल ...

इटहरी रंगशालामा आगामी असार १३ गतेदेखि कोशी प्रदेश स्तरीय महिला फुटबल प्रतियोगिता आयोजना हुने भएको छ। ...

मधेसमा तस्करविरुद्ध ...

रौतहट । रौतहट प्रहरीले भारततर्फ अवैध रूपमा निकासी गर्न लागिएको करिब ९० लाख रुपैयाँभन्दा बढी मूल्यको ...

हाम्रो बारेमा

शब्दचित्र मिडिया प्रा.लि.द्धारा प्रकाशित डिजिटल पत्रिका जुनकिरीखबर डटकम

सम्पर्क

  • ईटहरी-२ सुन्सरी/प्रदेश नं.१, कोशी, नेपाल
  • कम्पनी दर्ता नं.: २१२३८१/०७५/०७६
  • स्थायी लेखा नं.: ६०६८५२२४९
  • मोबाइल नं.: ९८४२०३४५४६
  • इमेल: [email protected]