• भदौ १७, २०८०
  • जुनकिरी खबर

बराह बाहिनी पकलीमा गोताखोर तालीम सुरु

alt

सशस्त्र प्रहरी बल १ नं. बराह बाहिनी पकलीले गोताखोर तालीम सुरुवात गरेको छ । विपद् व्यवस्थापन र बोर्डर सुरक्षामा प्रभावकारी बनाउन लागेको प्रहरीले गोताखोरका दक्ष जनशक्ति उत्पादनमा ध्यान दिएको हो ।

हालसम्म कोशी प्रदेशमा जम्मा ६ जना मात्र दक्ष गोताखोर छन् । आइतबारबाट थप २० जनलाई तालीम प्रदान गरिने भएको छ । प्रदेश सरकारका प्रमुख सचिव डाक्टर दीपक काफ्लेको प्रमुख आतीथ्यतामा तालीम उद्धघाटन भएको हो । विपद् व्यवस्थापनमा अब्बल रहँदै आएको प्रहरीले सुरु गरेको गोताखोर तालीमले पानीमा हुने दुर्घटनाको उद्धारमा सहयोग पुग्ने जनाइएको छ । प्रदेश सरकारको प्रत्यक्ष लगानीमा तालीम सञ्चालन हुन लागेको हो ।

बाढी तथा अन्य कारण पिपदमा परेकाहरुलाई जीवितै उद्धारको सङ्ख्या बढाउनको लागि गोताखोर तालीम प्रदान गर्न लागिएको बाहिनीपति प्रहरी नायव महानिरीक्षक अञ्जनी कुमार पोखरेलले बताए । नेपालमा उद्धारको कार्य गर्दा बिदेशबाट गोताखोर मगाउनु पर्ने बाध्यता अब क्रमश कम हुने उनले बताए । प्रहरी नायव महानिरीक्षक पोखरेलले जोखिम युक्त तालिममा सहभागीहरुलाई शुभकामना समेत दिएका छन् ।

अपर्याप्त जनशक्ति र उपकरणको अभावका बिच गत आर्थिक वर्षमा ६२२ घटनामा १५३८ जनाको उद्धार भएको सशस्त्र प्रहरीले जनाएको छ । चालु आ. व. २०८०÷८१ मा मात्रै ७० जनाको उद्धार गरिएको हो । हालसम्म देशैभरिबाट ३२ जनाको जीवितै उद्धार गरिएको जनाइएको छ ।।

 

सम्बन्धित समाचारहरु
इटहरीका दुई विवादमा ...

प्रतिनिधिसभाको सोमबारको बैठकमा शून्य समयमा बोल्दै सुनसरी क्षेत्र नम्बर–३ का सांसद अशोक चौधरीले ...

इटहरीका निजी विद्याल ...

इटहरी । इटहरी उपमहानगरपालिका क्षेत्रका निजी विद्यालयहरूले नयाँ शैक्षिक सत्र सुरु भएसँगै मनोमानी रूपम ...

सुनसरीका यी पोल्ट्री ...

जिल्लाका विभिन्न स्थानमा बर्ड फ्लु देखिएपछि नियन्त्रणका लागि पहल गरिएको छ । जिल्ला प्रशासन कार्यालयल ...

इटहरीमा स्कुल बसको ठ ...

इटहरीमा बोर्डिङ स्कुलको बसले ठक्कर दिँदा एक पैदलयात्रीको मृत्यु भएको छ । इटहरी उपमहानगरपालिका– ...

हाम्रो बारेमा

शब्दचित्र मिडिया प्रा.लि.द्धारा प्रकाशित डिजिटल पत्रिका जुनकिरीखबर डटकम

सम्पर्क

  • ईटहरी-२ सुन्सरी/प्रदेश नं.१, कोशी, नेपाल
  • कम्पनी दर्ता नं.: २१२३८१/०७५/०७६
  • स्थायी लेखा नं.: ६०६८५२२४९
  • मोबाइल नं.: ९८४२०३४५४६
  • इमेल: [email protected]