• भदौ १८, २०८०
  • जुनकिरी खबर

हरिनगरमा पहिलो पटक रथ यात्रा निकालिँदै

alt

सुनसरीको हरिनगर गाउँपालिकामा पहिलो पटक जन्माष्टमीको अवसरमा राधाकृष्णको रथ यात्राको गरिने भएको छ । भदौ २१ गते हरिनगरका युवाहरूको सक्रिय सहभागितामा पहिलो पटक रथ यात्राको आयोजना हुने लागेको रथ यात्रा समितिका संयोजक मनोज राउतले जानकारी दिए । रथ यात्रालाई हरिनगर गाउँपालिकाले समेत आर्थिक सहयोग गरेको छ । रथ यात्रामा भारतबाट समेत गरी झन्डै ५ हजार उपस्थित हुने अनुमान गरिएको छ ।

रथ यात्रालाई हरिनगर ४ का स्थानिय युवाहरुले व्यवस्थापन गर्ने जनाइएको छ । मन्दिरबाट निस्कने रथलाई हरिनगरको सबै वडामा घुमाइने संयोजक राउतको भनाई छ । रथ निर्माणको काम अन्तिम चरणमा रहेको समेत जानकारी दिदै राउतले रथ यात्राले हरिनगरमा धार्मिक संदभावको सन्देश दिने उनले बताए ।

यता हरिनगर गाउँपालिका अध्यक्ष गफार अन्सारीले रथ यात्राले धार्मिक सदभाव जोड्ने बताएका छन् । रथ यात्राको लागि गाउँपालिकाले आर्थिक सहयोग गरेको समेत उनले बताए ।

सम्बन्धित समाचारहरु
इटहरीका दुई विवादमा ...

प्रतिनिधिसभाको सोमबारको बैठकमा शून्य समयमा बोल्दै सुनसरी क्षेत्र नम्बर–३ का सांसद अशोक चौधरीले ...

इटहरीका निजी विद्याल ...

इटहरी । इटहरी उपमहानगरपालिका क्षेत्रका निजी विद्यालयहरूले नयाँ शैक्षिक सत्र सुरु भएसँगै मनोमानी रूपम ...

सुनसरीका यी पोल्ट्री ...

जिल्लाका विभिन्न स्थानमा बर्ड फ्लु देखिएपछि नियन्त्रणका लागि पहल गरिएको छ । जिल्ला प्रशासन कार्यालयल ...

इटहरीमा स्कुल बसको ठ ...

इटहरीमा बोर्डिङ स्कुलको बसले ठक्कर दिँदा एक पैदलयात्रीको मृत्यु भएको छ । इटहरी उपमहानगरपालिका– ...

हाम्रो बारेमा

शब्दचित्र मिडिया प्रा.लि.द्धारा प्रकाशित डिजिटल पत्रिका जुनकिरीखबर डटकम

सम्पर्क

  • ईटहरी-२ सुन्सरी/प्रदेश नं.१, कोशी, नेपाल
  • कम्पनी दर्ता नं.: २१२३८१/०७५/०७६
  • स्थायी लेखा नं.: ६०६८५२२४९
  • मोबाइल नं.: ९८४२०३४५४६
  • इमेल: [email protected]