• भदौ १९, २०८०
  • जुनकिरी खबर

कर वृद्धि गरेको विरोधमा नागरिक समाज इटहरीले आन्दोलनको घोषणा

alt

इटहरी उपमहानगरपालिकाले अस्वाभाविक कर वृद्धि गरेको विरोधमा नागरिक समाज इटहरीले चरणबद्ध आन्दोलनका कार्यक्रम घोषणा गरेको छ । मङ्गलवार पत्रकार सम्मेलन गर्दै नागरिक समाज इटहरीले मौन धर्ना देखी नो ट्याक्स सम्मका आन्दोलनका कार्यक्रम सार्वजनिक गरेको हो ।
 
पत्रकार सम्मेलनमा बोल्दै नागरिक समाज इटहरीकी अध्यक्ष बालिका भट्टराईले उपमहानगरलाई कर वृद्धिको विषयमा बारम्बार ध्यानाकर्षण गराउँदा पनि बेवास्ता गरेका कारण बाध्य भएर  चरणबद्ध आन्दोलन जानु परेको बत्ताइन । 
 
प्रेस विज्ञप्ति र ध्यानाकर्षण गराउँदा उपमहानगरपालिकाले भदौ १७ गते आइतबार देखी कर घट्ने वाचा गरेको तर आज सम्म पनि कुनै छाँटकाँट नदेखिएको समाजकी अध्यक्ष भट्टराईले बताइन् ।
 
उपमहानगर नेतृत्वमा मुखले एउटा भन्ने तर व्यवहारमा अर्कै काम गर्ने प्रवृत्ति देखिएको अध्यक्ष भट्टराईको भनाइ छ । नागरिक समाजले इटहरी उपमहानगरपालिकाले विकासको स्पष्ट गुरु योजना निर्माण गर्न नसकेको, खर्चको प्राथमिकीकरण निर्धारण गर्न नसकेको तर कर वृद्धि गर्दै  नगरवासीलाई करको भार मात्रै थपेको भन्दै असन्तुष्टि जनाएको छ ।  

सम्बन्धित समाचारहरु
इटहरीका दुई विवादमा ...

प्रतिनिधिसभाको सोमबारको बैठकमा शून्य समयमा बोल्दै सुनसरी क्षेत्र नम्बर–३ का सांसद अशोक चौधरीले ...

इटहरीका निजी विद्याल ...

इटहरी । इटहरी उपमहानगरपालिका क्षेत्रका निजी विद्यालयहरूले नयाँ शैक्षिक सत्र सुरु भएसँगै मनोमानी रूपम ...

सुनसरीका यी पोल्ट्री ...

जिल्लाका विभिन्न स्थानमा बर्ड फ्लु देखिएपछि नियन्त्रणका लागि पहल गरिएको छ । जिल्ला प्रशासन कार्यालयल ...

इटहरीमा स्कुल बसको ठ ...

इटहरीमा बोर्डिङ स्कुलको बसले ठक्कर दिँदा एक पैदलयात्रीको मृत्यु भएको छ । इटहरी उपमहानगरपालिका– ...

हाम्रो बारेमा

शब्दचित्र मिडिया प्रा.लि.द्धारा प्रकाशित डिजिटल पत्रिका जुनकिरीखबर डटकम

सम्पर्क

  • ईटहरी-२ सुन्सरी/प्रदेश नं.१, कोशी, नेपाल
  • कम्पनी दर्ता नं.: २१२३८१/०७५/०७६
  • स्थायी लेखा नं.: ६०६८५२२४९
  • मोबाइल नं.: ९८४२०३४५४६
  • इमेल: [email protected]