• भदौ १९, २०८०
  • जुनकिरी खबर

इटहरीमा जन्माष्टमीको अवसरमा चित्रकला प्रदर्शनी हुने

alt

इटहरीमा कृष्ण जन्माष्टमीको अवसरमा त्रिदिवसीय ग्रन्थ तथा चित्रकला प्रदर्शनी हुने भएको छ । इटहरीमा पत्रकार सम्मेलन गर्दै प्रदर्शनीबारे जानकारी दिइएको हो ।

श्री कृष्ण जन्माष्टमीको अवसरमा यस इस्कोन इटहरीद्वारा यही भाद्र १९, २० र २१ गते रिजाल भिजन इटहरीमा त्रिदिवसीय वैदिक ग्रन्थ प्रदर्शनी तथा भाद्र २१ गते श्रीकृष्ण जन्माष्टमी महोत्सवको आयोजना गरिएको जानकारी इस्कोन इटहरीका प्रतिनिधि ललित माधव दासले जानकारी दिए ।

त्रिदिवसीय महोत्सवमा वैदिक सनातन धर्मको प्रमुख ग्रन्थ श्रीमदभगवदगीता र श्रीमद्भागवतम्‌को प्रचारप्रसार गृहस्थहरूका लागि आध्यात्मिक जीवनको ज्ञान, स्कुल तथा कलेजमा विद्यार्थीहरूलाई आध्यात्मिक प्रगतिका लागि भगवदगीता लगायतका पुस्तकहरू साथै ग्रन्थ तथा चित्रकला प्रदर्शनी कार्यक्रम रहेको र प्रदर्शनीमा ४० प्रतिशत छुटमा पुस्तकहरूको बिक्री गरिने जानकारी पत्रकार सम्मेलनमा दिइयो ।

सम्बन्धित समाचारहरु
इटहरीका दुई विवादमा ...

प्रतिनिधिसभाको सोमबारको बैठकमा शून्य समयमा बोल्दै सुनसरी क्षेत्र नम्बर–३ का सांसद अशोक चौधरीले ...

इटहरीका निजी विद्याल ...

इटहरी । इटहरी उपमहानगरपालिका क्षेत्रका निजी विद्यालयहरूले नयाँ शैक्षिक सत्र सुरु भएसँगै मनोमानी रूपम ...

सुनसरीका यी पोल्ट्री ...

जिल्लाका विभिन्न स्थानमा बर्ड फ्लु देखिएपछि नियन्त्रणका लागि पहल गरिएको छ । जिल्ला प्रशासन कार्यालयल ...

इटहरीमा स्कुल बसको ठ ...

इटहरीमा बोर्डिङ स्कुलको बसले ठक्कर दिँदा एक पैदलयात्रीको मृत्यु भएको छ । इटहरी उपमहानगरपालिका– ...

हाम्रो बारेमा

शब्दचित्र मिडिया प्रा.लि.द्धारा प्रकाशित डिजिटल पत्रिका जुनकिरीखबर डटकम

सम्पर्क

  • ईटहरी-२ सुन्सरी/प्रदेश नं.१, कोशी, नेपाल
  • कम्पनी दर्ता नं.: २१२३८१/०७५/०७६
  • स्थायी लेखा नं.: ६०६८५२२४९
  • मोबाइल नं.: ९८४२०३४५४६
  • इमेल: [email protected]