• भदौ २०, २०८०
  • जुनकिरी खबर

विराटनगरमा दक्षिण एसियाकै ठुलो रथयात्राको तयारी पुरा

alt

विराटनगरमा निकालिने दक्षिण एसियाकै ठुलो र पुरानो रथ यात्रा श्री राधाकृष्ण रथयात्राको तयारी पुरा भएको छ । श्रीकृष्ण जन्माष्टमीको भोलिपल्ट निकालिने ५५ औँ संस्करणको रथ यात्राको  तयारी पुरा भएको हो 
 
रथयात्रा  सम्पन्न गर्न १८ वटा उपसमितिहरू गठन गरिएको छ । रथयात्राको व्यवस्थापनका लागि  भने ५ सय बढी स्वयंसेवकहरू छनौट गरिएको छ ।  रथयात्रामा नेपालबाट मात्रै नभई भारतको बिहार, पश्चिम बंगाल लगायतबाट समेत भत्तालुहरु आउने गरेका छन् । कोरोना महामारीका कारण विगतका वर्षमा रथयात्रा प्रभावित हुँदै आएको थियो । अघिल्लो वर्ष निकालिएको रथयात्रा समेत कोरोनाकै कारण प्रभावित भएको थियो । तीन वर्ष अघि  परम्परा धान्ने हिसाबले खट यात्रा मात्र निकालिएको थियो । 
 
यस पटक अवस्था सबै प्रकारले सहज भएकाले श्रद्धालुको सहभागिता बढेन मन्दिर समितिका सदस्य कृष्ण कार्कीले बताए । रथयात्राको व्यवस्थापकीय कार्यहरू पुरा भइसकेको र रथको  शृङ्गार कार्य भइरहेको मन्दिर समितिका अध्यक्ष एवं मूल समारोह समितिका संयोजक कैलाश रेग्मीले जानकारी दिए । 
 
मन्दिर परिसरबाट बिहीबार दिउँसो ३ बजेपछि रथयात्रा प्रारम्भ हुने छ । रथले मन्दिर परिसरबाट मेन रोड सहित धरान रोड हुँदै झन्डै ९ किलोमिटर दुरी तय गरी पुनः मन्दिरमा लगेर विसर्जन गरिने तयारी छ ।

सम्बन्धित समाचारहरु
डिजिटल दुर्व्यवहार र ...

सनातन हिन्दू धर्मकी साधिका राधिका दासीले आफूविरुद्ध सार्वजनिक भएका सामग्रीले आफ्नो व्यक्तिगत प्रतिष् ...

विराटनगरको आर्यान न् ...

विराटनगर । विराटनगरस्थित आर्यान न्यूरो अस्पताल र अस्पतालका वरिष्ठ न्यूरो सर्जन डा. पंकज राज नेप ...

इटहरीमा महिला फुटबल ...

इटहरी रंगशालामा आगामी असार १३ गतेदेखि कोशी प्रदेश स्तरीय महिला फुटबल प्रतियोगिता आयोजना हुने भएको छ। ...

मधेसमा तस्करविरुद्ध ...

रौतहट । रौतहट प्रहरीले भारततर्फ अवैध रूपमा निकासी गर्न लागिएको करिब ९० लाख रुपैयाँभन्दा बढी मूल्यको ...

हाम्रो बारेमा

शब्दचित्र मिडिया प्रा.लि.द्धारा प्रकाशित डिजिटल पत्रिका जुनकिरीखबर डटकम

सम्पर्क

  • ईटहरी-२ सुन्सरी/प्रदेश नं.१, कोशी, नेपाल
  • कम्पनी दर्ता नं.: २१२३८१/०७५/०७६
  • स्थायी लेखा नं.: ६०६८५२२४९
  • मोबाइल नं.: ९८४२०३४५४६
  • इमेल: [email protected]