• भदौ २१, २०८०
  • जुनकिरी खबर

इटहरीको सेन्ट्रल प्लाजामा ‘क्युएफएक्स’ सिनेमा

alt

इटहरीको सेन्ट्रल प्लाजामा सञ्चालित सिनेफ्लेक्सको व्यवस्थापकीय जिम्मेवारी क्युएफएक्स सिनेमाले गर्ने भएको छ । श्रेष्ठ इन्टरटेनमेन्ट एण्ड हस्पिटालीटी प्राली द्वारा सञ्चालित आरएस सिनेफ्लेक्समा अब टिम क्वेष्ट प्रालीको क्युएफएक्सले व्यवस्थापन गर्ने भएको हो ।
 
भदौ २१ गते जवान फिल्म प्रदर्शन गरेर क्युएफएक्सले व्यवस्थापकीय जिम्मेवारी सुरु गरेको छ । इटहरी व्यापारिक, सृजनशीलता र मनोरञ्जनका क्षेत्रको केन्द्र भएकाले क्युएफएक्स आकर्षित भएको बताइएको छ । नेपालभर १२ स्थानमा क्युएफएक्सले व्यवस्थापकीय जिम्मेवारी सम्हालिरहेको छ ।
 
प्रदेश १ को विराटनगर र बिर्तामोड पछि इटहरीमा क्युएफएक्सको व्यवस्थापन भएको हल सञ्चालनमा आएको हो । अत्याधुनिक प्रविधि, भौतिक पूर्वाधार र स्तरीय सिनेमा हेर्न वातावरण मिलाइने टिम क्वेष्टकी महाप्रबन्धक प्रशंसा पाण्डेले बताइन् । स्तरीय खाना, दर्शकले पाउने सेवा र कर्मचारीको व्यवहारले दर्शकलाई आकर्षित गरिने उनको भनाई छ ।
६ वर्षदेखि इटहरीमा सञ्चालन हुँदै आएको सिनेफ्लेक्सका दुई वटा हल छन् । अब क्युएफएक्सको मोबाइल एप तथा अनलाइन टिकेटिङ मार्फत दर्शकले सेवा पाउने भएका छन् ।

सम्बन्धित समाचारहरु
इटहरीका दुई विवादमा ...

प्रतिनिधिसभाको सोमबारको बैठकमा शून्य समयमा बोल्दै सुनसरी क्षेत्र नम्बर–३ का सांसद अशोक चौधरीले ...

इटहरीका निजी विद्याल ...

इटहरी । इटहरी उपमहानगरपालिका क्षेत्रका निजी विद्यालयहरूले नयाँ शैक्षिक सत्र सुरु भएसँगै मनोमानी रूपम ...

सुनसरीका यी पोल्ट्री ...

जिल्लाका विभिन्न स्थानमा बर्ड फ्लु देखिएपछि नियन्त्रणका लागि पहल गरिएको छ । जिल्ला प्रशासन कार्यालयल ...

इटहरीमा स्कुल बसको ठ ...

इटहरीमा बोर्डिङ स्कुलको बसले ठक्कर दिँदा एक पैदलयात्रीको मृत्यु भएको छ । इटहरी उपमहानगरपालिका– ...

हाम्रो बारेमा

शब्दचित्र मिडिया प्रा.लि.द्धारा प्रकाशित डिजिटल पत्रिका जुनकिरीखबर डटकम

सम्पर्क

  • ईटहरी-२ सुन्सरी/प्रदेश नं.१, कोशी, नेपाल
  • कम्पनी दर्ता नं.: २१२३८१/०७५/०७६
  • स्थायी लेखा नं.: ६०६८५२२४९
  • मोबाइल नं.: ९८४२०३४५४६
  • इमेल: [email protected]