• भदौ २४, २०८०
  • जुनकिरी खबर

कोशीमा बजेट सम्बन्धी अध्यादेश जारी, बजेट शून्यता अन्त्य

alt

कोशीमा पुनः बजेट सम्बन्धी अध्यादेश आइतबार जारी गरिएको छ । अध्यादेश जारीसँगै प्रदेशमा भदौ ११ गतेदेखिको बजेट शून्यता अन्त्य भएको हो ।

सर्वोच्च अदालतको परमादेशले मुख्यमन्त्री नियुक्त भएको कार्की नेतृत्वको सरकारको मन्त्रिपरिषद्को पहिलो बैठकले बजेट सम्बन्धी अर्को अध्यादेश ल्याउन प्रदेश प्रमुख पर्शुराम खापुङ्समक्ष शनिबार सिफारिस गरेको थियो ।

यसअघि कार्की नेतृत्वको सरकारले जेठ ३२ गते चालू आर्थिक वर्षका लागि बजेट सम्बन्धी अध्यादेश ल्याएको थियो । उक्त अध्यादेशको प्रतिस्थापन विधेयक निवर्तमान मुख्यमन्त्री उद्धव थापाले ल्याउन नसकेपछि भदौ ११ गतेदेखि प्रदेश बजेट शून्यतामा गएको थियो । यसअघि ल्याएको बजेटमा कुनै फेरबदल नगरी जस्ताको त्यस्तै ल्याइएको आर्थिक मामिला तथा योजन मन्त्रालयको जिम्मेवारी समेत सम्हालेका मुख्यमन्त्री कार्कीले बताए ।

संविधानको धारा २०२ को उपधारा (१) मा प्रदेशसभा चलिरहेको अवस्थामा बाहेक प्रदेश मन्त्रिपरिषद्को सिफारिसमा प्रदेश प्रमुखले अध्यादेश जारी गर्न सक्ने व्यवस्था अनुसार मुख्यमन्त्री कार्कीले अध्यादेशबाट अर्काे बजेट ल्याएका हुन् । अध्यादेश जारी भएपछि प्रदेशसभा बैठक बसेको ६० दिनभित्र प्रतिस्थापन विधेयक सरकारले ल्याउन नसके स्वत्ः निष्क्रिय हुने संविधानको धारा २०२ को उपधारा (२) को (१) (ग)मा व्यवस्था छ ।

सम्बन्धित समाचारहरु
डिजिटल दुर्व्यवहार र ...

सनातन हिन्दू धर्मकी साधिका राधिका दासीले आफूविरुद्ध सार्वजनिक भएका सामग्रीले आफ्नो व्यक्तिगत प्रतिष् ...

विराटनगरको आर्यान न् ...

विराटनगर । विराटनगरस्थित आर्यान न्यूरो अस्पताल र अस्पतालका वरिष्ठ न्यूरो सर्जन डा. पंकज राज नेप ...

इटहरीमा महिला फुटबल ...

इटहरी रंगशालामा आगामी असार १३ गतेदेखि कोशी प्रदेश स्तरीय महिला फुटबल प्रतियोगिता आयोजना हुने भएको छ। ...

मधेसमा तस्करविरुद्ध ...

रौतहट । रौतहट प्रहरीले भारततर्फ अवैध रूपमा निकासी गर्न लागिएको करिब ९० लाख रुपैयाँभन्दा बढी मूल्यको ...

हाम्रो बारेमा

शब्दचित्र मिडिया प्रा.लि.द्धारा प्रकाशित डिजिटल पत्रिका जुनकिरीखबर डटकम

सम्पर्क

  • ईटहरी-२ सुन्सरी/प्रदेश नं.१, कोशी, नेपाल
  • कम्पनी दर्ता नं.: २१२३८१/०७५/०७६
  • स्थायी लेखा नं.: ६०६८५२२४९
  • मोबाइल नं.: ९८४२०३४५४६
  • इमेल: [email protected]