• भदौ २४, २०८०
  • जुनकिरी खबर

प्रहरीको हतियार लुट्ने हतियारधारी समूह सार्वजनिक

alt

सादा पोसाकका प्रहरीमाथि आक्रमण गरेर हतियार र गोली लुट्ने हतियारधारी गिरोहलाई प्रहरीले पक्राउ गरी सार्वजनिक गरेको छ । प्रहरीको हतियार लुटपाटमा संलग्न रहेको आरोपमा एक बालक सहित ६ जनालाई पक्राउ गरी सार्वजनिक गरेको हो । 

पक्राउ पर्नेमा सुनसरीको दुहबी नगरपालिका–४ का ३२ वर्षीय नसुद्धिन मिया,दुहबी–१ का ३० वर्षीय मोहम्मद अलिम मुर्तुजा, १४ वर्षीय बालक, मोरङको बूढीगंगा गाउँपालिका–४ का ४० वर्षीय रिजवन मिया, २५ वर्षीय सिजाम आलम,बूढीगंगा–५ का २१ वर्षीय मोहम्मद नजरुल मिया र सुनसरी दुहबी–६ मा बस्ने भारतीय नागरिक ४० वर्षीय मोहम्मद आलम रहेका छन् । 

उनीहरूलाई मोरङको बुढी गङ्गाबाट पक्राउ गरिएको हो ।  मोरङ प्रहरीका प्रवक्ता डिएसपी रञ्जनकुमार दहालले पक्राउ परेकामध्ये रिजवान २०६४ देखि २०७९ सम्म मोरङ र सुनसरीमा भएका विभिन्न १० वटा अपराधमा संलग्न भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको बताए । उनी विरुद्ध डाँका, चोरी, हातहतियार खरखजना, ज्यान मार्ने उद्योगलगायतका मुद्दा अदालतमा दर्ता भएको छ । पक्राउ परेको समूहबाट ठुलो चाइनिज पेस्तोल, कटुवा पेस्तोल, रड, चक्कु, मोटरसाइकल समेत बरामद गरेको छ । 

यस्तै उनीहरूको साथबाट १ लाख ७५ हजार नेपाली रुपैयाँ, ११ हजार ६ सय भारतीय रुपैयाँ समेत बरामद भएको छ ।  मोरङ प्रहरी प्रमुख एसपी दीपक पोखरेलले अनुसार पक्राउ परेको गिरोह श्रृङ्खलाबद्ध लुटपाटमा संलग्न रहेको खुलेको बताए । सुनसरीको इलाका प्रहरी कार्यालय दुहबीबाट खटिएका २ जना प्रहरीमाथि बर्जू–१ मा शुक्रवार बिहानका राति सो समूहले आक्रमण गरेको थियो । घटनास्थल विराटनगर महानगरपालिका–५ नजिकै छ । 

सम्बन्धित समाचारहरु
इटहरीका दुई विवादमा ...

प्रतिनिधिसभाको सोमबारको बैठकमा शून्य समयमा बोल्दै सुनसरी क्षेत्र नम्बर–३ का सांसद अशोक चौधरीले ...

इटहरीका निजी विद्याल ...

इटहरी । इटहरी उपमहानगरपालिका क्षेत्रका निजी विद्यालयहरूले नयाँ शैक्षिक सत्र सुरु भएसँगै मनोमानी रूपम ...

सुनसरीका यी पोल्ट्री ...

जिल्लाका विभिन्न स्थानमा बर्ड फ्लु देखिएपछि नियन्त्रणका लागि पहल गरिएको छ । जिल्ला प्रशासन कार्यालयल ...

इटहरीमा स्कुल बसको ठ ...

इटहरीमा बोर्डिङ स्कुलको बसले ठक्कर दिँदा एक पैदलयात्रीको मृत्यु भएको छ । इटहरी उपमहानगरपालिका– ...

हाम्रो बारेमा

शब्दचित्र मिडिया प्रा.लि.द्धारा प्रकाशित डिजिटल पत्रिका जुनकिरीखबर डटकम

सम्पर्क

  • ईटहरी-२ सुन्सरी/प्रदेश नं.१, कोशी, नेपाल
  • कम्पनी दर्ता नं.: २१२३८१/०७५/०७६
  • स्थायी लेखा नं.: ६०६८५२२४९
  • मोबाइल नं.: ९८४२०३४५४६
  • इमेल: [email protected]